default_image

2 years ago

February 18, 2022

नेपाललाई दोस्रो ओभरमै दुई सफलता

98 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा बलिङतर्फ ओमानविरुद्ध सानदार सुरुवात गरेको छ । ब्याटिङमा खराब ब्याटिङका साथ सामान्य लक्ष्य दिएपनि बलिङमा राम्रो सुरुवात गरेको हो ।

१ सय १८ रनको विजयी लक्ष्य पछ्याएको ओमानले तीन ओभरमा २ विकेट गुमाउँदै १७ रन बनाएको छ । ओमानका ओपनर जतिन्दर सिंह र खवर अली ५–५ रनमा अविजित छन् ।

तीव्र गतिका बलर कमलसिंह ऐरीले पहिलो ओभरको तेस्रो बलमै कश्याप प्रजापतिलाई शून्यमा दीपेन्द्रसिंह ऐरीलाई क्याच गराए । दोस्रो ओभरको पाँचौं बलमा जितेन्द्र मुखियाले अयान खानलाई ३ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराउँदै दोस्रो सफलता दिलाएका थिए ।

त्यसअघि ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट ग्राउन्ड -१ मा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनाएको थियो । नेपालका आरिफ शेखले ३७ बलमा २ चौका सहित सर्वाधिक ३८ रन बनाए । कप्तान सन्दीप लामिछाने ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा अविजित रहे ।

ओमानका स्पिनर खवर अलीले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । बिलाल खानले ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । फैज बट र जिशान मकसुदले १–१ विकेट लिए ।

May 15, 2024

लखनऊ विरुद्ध दिल्लीको जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको लखनऊले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो । […]

May 14, 2024

दीपेन्द्रको विष्फोटक ब्याटिङमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीको विष्फोटक फिनिसको मद्दतमा विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ । पार्क हिल मैदानमा सोमबार भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो । घरेलु टोलीले दिएको १ सय ९७ रनको लक्ष्य नेपालले ३ […]

May 14, 2024

नेपाललाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा विशाल लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सत्य ९६ रन बनाएपछि नेपालले १ सय ९७ रनको लक्ष्य पाएको हो । नेपालको विश्वकप […]

Success

Thank you for your time.