default_image

2 years ago

February 18, 2022

ओमानमाथि नेपालको सानदार जित

177 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कमलसिंह ऐरीको उत्कृष्ट बलिङको सहयोगमा नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा ओमानमाथि सानदार जित हात पारेको छ ।

ब्याटिङमा कमजोर प्रदर्शन गरेपनि नेपालले बलिङमा उत्कृष्ट प्रदर्शनका साथ घरेलु टोली ओमानलाई ३९ रनले हराउँदै आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा सानदार विजयी सुरुवात गरेको छ । योसँगै समूह बी मा रहेको नेपालको शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।

१ सय १८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमान १७ ओभरमा ७८ रनमा अल आउट भयो । ओमानका विकेटकिपर नसिम शुखीले सर्वाधिक २४ रन बनाए । तीव्र गतिका बलर कमलसिंह ऐरीले पहिलो ओभरको तेस्रो बलमै ओपनर कश्याप प्रजापतिलाई शून्यमा दीपेन्द्रसिंह ऐरीलाई क्याच गराए । दोस्रो ओभरको पाँचौं बलमा जितेन्द्र मुखियाले अयान खानलाई ३ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराउँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाए ।

छैटौं ओभरको दोस्रो बलमा दीपेन्द्रले ओमानका प्रमुख ब्याटर जितेन्दर सिंहलाई मिडअफबाट उत्कृष्ट रन आउट गराएपछि नेपालले खेलमा हाबी बनेको थियो । त्यसपछि नेपालले लगातार विकेट लिँदै जित सहज बनायो । उनले १८ बलमा ९ रन बनाए । सन्दीप लामिछानेले खवर अलीलाई सातौं ओभरको चौथो बलमा ७ रनमा बोल्ड आउट गर्दै ओमानलाई ३१–४ को कमजोर अवस्थामा पुर्याए ।


कप्तान जिशान मकसुद दीपेन्द्रसिंह ऐरीको आठौं ओभरको पाँचौं बलमा ठूलो सट खेल्नेक्रममा एज लागेर मिडअनमा कुशल भुर्तेलबाट २ रनमा क्याच गराउँदै नेपाललाई जिततर्फ अघि बढाए । शोएब खानलाई अभिनाश बोहराले १ रनमा आसिफ शेखबाट क्याच गराउँदा ओमान ८.५ ओभरमा ३५–६ को अवस्थामा पुगेको थियो । अभिनाश बोहराको ११ औं ओभरको दोस्रो बलमा आसिफले विकेटकिपर नसिम खुशीको सामान्य क्याच २ रनमा ड्रप गर्दै जीवनदान दिएका थिए ।

१३ औं ओभरको पहिलो र चौथो बलमा सन्दीपलाई खुशीले छक्का प्रहार गर्दै ओमानलाई आशा दिलाएका थिए । तर पाँचौं बलमा उनलाई २४ रनमा बोल्ड आउट गर्दै नेपाललाई जिततर्फ अघि बढाएका थिए । खुशीले १८ बलमा १ चौका र २ छक्का प्रहार गरे । दीपेन्द्रले आमिर कलिमलाई ९ रनमा एलबीडब्लू आउट गर्दै नेपालको जित सहज बनाए ।

नेपालका कमलसिंह ऐरीले ३ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहरा र जितेन्द्र मुखियाले १-१ विकेट लिए ।

त्यसअघि ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट ग्राउन्ड-१ मा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनाएको थियो । नेपालका आरिफ शेखले ३७ बलमा २ चौका सहित सर्वाधिक ३८ रन बनाए । कप्तान सन्दीप लामिछाने ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा अविजित रहे ।

नेपालका ओपनर आसिफ शेख र कुशल भुर्तेल सुरुवातमै आउट भए हुन पुगे । तीव्र गतिका बलर बिलाल खानको पहिलो ओभरको अन्तिम बलमा आसिफ मिडअनमा खवर अलीबाट ४ रनमा क्याच अउट भए । बिलालको तेस्रो ओभरको चौथो बलमा अर्का ओपनर कुशल मिडविकेटमा ५ रनमा खवरबाटनै समातिन पुगे । दुबै ओपनर आउट हुँदा नेपालले १२ रन मात्र बनाएको थियो ।

ज्ञानेन्द्र मल्ललाई तीव्र गतीका बलर फैज बटले सातौं ओभरको पाँचौं बलमा १५ रनमा बोल्ड गरे । ज्ञानेन्द्रले १५ बलमा २ चौका प्रहार गरे । ज्ञानेन्द्र आउट हुँदा नेपाल ३३–३ को अवस्थामा पुगेको थियो । ज्ञानेन्द्र आउट भएको दुई ओभरपछि प्रमुख ब्याटर दीपेन्द्रसिंह ऐरी पनि आउट भएपछि नेपाल समस्यामा परेको थियो ।

दीपेन्द्र नवौं ओभरको तेस्रो बलमा जिशान मकसुदलाई अघि बढेर सट खेल्नेक्रममा ११ रनमा विकेटकिपर नसिम खुशीबाट स्टम्पिङ आउट भए । १८ बल खेलेका दीपेन्द्रले १ चौका प्रहार गरे । खवर अलीको १४ औं ओभरको दोस्रो बलमा लोकेश बम ठूलो सट खेल्ने धुनमा लङअफमा कलिमुल्लाहबाट १६ रनमा क्याच आउट भए ।

१७ बल खेलेका लोकेशले १ छक्का प्रहार गरे । अलीको १६ औं ओभरको अन्तिम बलमा विवेक स्विच हिट सट खेल्नेक्रममा फैज बटबाट ७ रनमा क्याच आउट भए । कमलसिंह ऐरी १ रनमा आउट भए ।

ओमानका स्पिनर खवर अलीले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । बिलाल खानले ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । फैज बट र जिशान मकसुदले १–१ विकेट लिए । नेपालले दोस्रो खेलमा शनिबार फिलिपिन्ससँग खेल्नेछ ।

विश्वकप छनोटमा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह बी र टेस्ट टोली आयरल्यान्ड, युएई, बहराइन र जमर्नी समूह ए मा छन् । हरेक समूह शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । ८ देशबीच हुने प्रतिस्पर्धाबाट फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउने छन् ।

May 15, 2024

लखनऊ विरुद्ध दिल्लीको जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको लखनऊले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो । […]

May 14, 2024

दीपेन्द्रको विष्फोटक ब्याटिङमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीको विष्फोटक फिनिसको मद्दतमा विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ । पार्क हिल मैदानमा सोमबार भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो । घरेलु टोलीले दिएको १ सय ९७ रनको लक्ष्य नेपालले ३ […]

May 14, 2024

नेपाललाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा विशाल लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सत्य ९६ रन बनाएपछि नेपालले १ सय ९७ रनको लक्ष्य पाएको हो । नेपालको विश्वकप […]

Success

Thank you for your time.