default_image

2 years ago

February 19, 2022

दीपेन्द्र र कुशलको नयाँ कीर्तिमान

310 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – युवा ओपनर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा उत्कृष्ट शतकीय साझेदारीका साथ फिलिपिन्सविरुद्ध नयाँ कीर्तिमान बनाएका छन् ।

मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १८ रन बनायो । ओपनर कुशल भुर्तेल ६१ बलमा १३ चौका र १ छक्कासहित १ सय ४ रनको अविजित शतकीय इनिङ खेले । दीपेन्द्रसिंह ऐरी ४७ बलमा ६ चौका र ४ छक्का सहित ८३ रनमा आउट भए ।

तेस्रो विकेटका लागि कुशल र दीपेन्द्रले १ सय ७१ रनको शतकीय साझेदारी गरेका थिए । जुन नेपाली टि२० आईमा कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो । यसअघि नेपालबाट २०१९ मा सिंगापुरविरुद्ध पारस खड्का र आरिफ शेखले दोस्रो विकेटका लागि १ सय ४५ रनको अविजित शतकीय साझेदारी गरेका थिए । २०२१ मा कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि नेदरल्यान्ड्सविरुद्ध १ सय १६ रनको ओपनिङ साझेदारी गरेका थिए ।

विश्व टि२० आईमा कुशल र दीपेन्द्रले गरेको यो नवौं कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो । तेस्रो विकेटका लागि भएको तेस्रो ठूलो साझेदारी हो । तेस्रो विकेटका रुपमा टि२० आईमा सर्वाधिक साझेदारी २०२० मा न्युजिल्यान्डका डेभन कन्वे र ग्लेन फिलिप्सले १ सय ८४ रनको साझेदारी गरेका थिए ।

इंग्ल्यान्डका डेविड मलान र कप्तान ओईन मोर्गनले २०१९ मा न्युजिल्यान्डविरुद्ध तेस्रो विकेटका लागि १ सय ८२ रनको साझेदारी गरेका थिए । टि२० आईमा सर्वाधिक साझेदारी अफगानिस्तानका हज्रतुल्लाह जजाई र उस्मान घानीले २०१९ मा आयरल्यान्डविरुद्ध २ सय ३६ रनको साझेदारी गरेका थिए ।

कुशलले ५७ बलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका गरेका थिए । कुशल नेपालबाट टि२० आईमा शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन् । कुशलअघि नेपालबाट २०१९ को १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध ज्ञानेन्द्र मल्लले ५५ बलमा १ सय ७ रनको शतकीय इनिङ खेलेका थिए ।

पारस खड्काले २०१९ मा सिंगापुरविरुद्ध ५२ बलमा १ सय ६ रनको अविजित शतकीय इनिङ खेल्दै टि२० आईमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका थिए ।

May 15, 2024

लखनऊ विरुद्ध दिल्लीको जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको लखनऊले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो । […]

May 14, 2024

दीपेन्द्रको विष्फोटक ब्याटिङमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीको विष्फोटक फिनिसको मद्दतमा विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ । पार्क हिल मैदानमा सोमबार भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो । घरेलु टोलीले दिएको १ सय ९७ रनको लक्ष्य नेपालले ३ […]

May 14, 2024

नेपाललाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा विशाल लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सत्य ९६ रन बनाएपछि नेपालले १ सय ९७ रनको लक्ष्य पाएको हो । नेपालको विश्वकप […]

Success

Thank you for your time.