default_image

2 years ago

March 2, 2022

विश्व वरियतामा सन्दीप र कुशलको फड्को

90 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र युवा ओपनर कुशल भुर्तेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टि२० आई विश्व वरियतामा छलाङ मारेका छन् ।

कुशल ब्याटिङतर्फ नयाँ वरियतामा ३१ औं स्थानमा उक्लिएका छन् । यसअघि उनी ३९ औं स्थानमा थिए । कुशल भन्दापछि इंग्ल्यान्डका जोनी बेयरस्टो ३७ औं, पाकिस्तानका फखार जमान ३९ औं, न्युजिल्यान्डका केन विलियम्सन ४४ औं र भारतीय विकेटकिपर ऋषभ पन्त ६० औं स्थानमा छन् ।

दीपेन्द्रसिंह ऐरी भने ५० औं स्थानमा छन् । टि२० आईको बलिङतर्फ कप्तान सन्दीपले पनि छलाङ मारेका छन् । सन्दीप पनि ३६ औं स्थानमा छन् । सन्दीप यसअघि ४३ औं स्थानमा थिए । तीव्र गतिका बलर अभिनाश बोहरा ८२ औं स्थानमा छन् । यसअघि अभिनाश ८६ औं स्थानमा थिए ।

दुई साताअघि आइसिसी टि२० विश्वकप छनोट ए मा उच्च प्रदर्शन गरेपछि खेलाडीले वरियतामा सुधार गरेका हुन् । नेपाल विश्वकप छनोटको सेमिफाइनलमा युएईसँग ६८ रनले पराजित हुँदै टि२० विश्वकप गुमाएको थियो । टि२० आई वरियतामा भने नेपाल १३ औं र ओडिआईमा १६ औं स्थानमा छ ।

May 15, 2024

लखनऊ विरुद्ध दिल्लीको जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको लखनऊले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो । […]

May 14, 2024

दीपेन्द्रको विष्फोटक ब्याटिङमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीको विष्फोटक फिनिसको मद्दतमा विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ । पार्क हिल मैदानमा सोमबार भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो । घरेलु टोलीले दिएको १ सय ९७ रनको लक्ष्य नेपालले ३ […]

May 14, 2024

नेपाललाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा विशाल लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सत्य ९६ रन बनाएपछि नेपालले १ सय ९७ रनको लक्ष्य पाएको हो । नेपालको विश्वकप […]

Success

Thank you for your time.