3 years ago
March 28, 2022
एजेन्सी – इंग्ल्यान्डले तेस्रो तथा अन्तिम टेस्ट खेलमा घरेलु टोली वेस्टइन्डिजसँग १० विकेटको लज्जास्पद हार बेहोरेको छ । योसँगै घरेलु टोली वेस्टइन्डिजले तीन टेस्ट खेलको सिरिज १-० ले जितेको छ ।
२८ रनको सामान्य लक्ष्य वेस्टइन्डिजले ४.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । ओपनर क्रेग व्रथेवेट २० र जोन क्याम्पबेल ६ रनमा अविजित रहे । इंग्ल्यान्ड दोस्रो इनिङमा १ सय २० रनमा अल आउट भएको थियो । पहिलो इनिङमा इंग्ल्यान्ड ९३ रनले पछि परेको थियो । त्यसैले समग्रमा २७ रनको अग्रता लिएको थियो । मध्यगतिका बलर काइल मेयर्सले पाँच विकेट लिएपछि भ्रमण टोली इंग्ल्यान्ड धरासयी बनेको हो ।
ओपनर एलेक्स लेस १ सय ३२ बलमा २ चौका प्रहार गर्दै ३२ रनमा आउट भए । ज्याक क्रली ८, जो रुट ५, ड्यान लरेन्स शून्य, बेन स्टोक्स ४, जोनी बेयरस्टो २२ र बेन फोक्स २ रनमा आउट भए । क्रिस वोक्स १९ रनमा आउ भए ।
वेस्टइन्डिजका काइल मेयर्सले १७ ओभरमा ९ मेडनसहित १८ रन खर्चेर ५ विकेट लिए । केमार रोचले २, जयडेन सिल्स र अल्जारी जोशेफले १-१ विकेट लिए । त्यसअघि वेस्टइन्डिज पहिलो इनिङमा २ सय ९७ रनमा अल आउट भएको थियो । वेस्टइन्डिजका विकेटकिपर जोशुवा डि सिल्भाले २ सय ५७ बलमा १० चौकासहित १ सय रनमा अविजित रहे । उनको यो टेस्ट करिअरको पहिलो शतक हो ।
अल्जारी जोशेफ २८, केमार रोच २५, जोन क्याम्पबेल ३५ र कप्तान क्रेग ब्रेथवेट १७ रनमा आउट भए । इंग्ल्यान्डका क्रिस वोक्सले सर्वाधिक तीन विकेट लिए । क्रेग ओभरटन, सकिब मोहम्मद र बेन स्टोक्सले २–२ विकेट लिए ।
त्यसअघि नेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको इंग्ल्यान्ड पहिलो इनिङमा पहिलो दिन ८९।४ ओभरमा २ सय ४ रनमा अल आउट भयो । एक समय ११४–९ को दयनीय अवस्थामा पुगेको इंग्ल्यान्डलाई दशौं विकेटका लागि ज्याक लेच र सकिब मोहम्मदले ९० रनको साझेदारी गर्दै बचाएका थिए ।
सकिब मोहम्मद १ सय १८ बलमा ४ चौका र १ छक्कासहित ४९ रनमा आउट भए । लेचले १ सय ४१ बलमा ५ चौकासहित ४१ रनमा अविजित रहे । तीव्र गतिका बलर क्रेग ओभरटन १४ र क्रिस वोक्सले २५ रन बनाए ।
ओपनर एलेक्स लेक्स ९७ बलमा ५ चौकासहित ३१ रनमा आउट भए । ज्याक क्रली ७, जो रुट शून्य, ड्यान लरेन्स ८, बेन स्टोक्स २, जोनी बेयरस्टो शून्य, बेन फोक्स ७ रनमा आउट हुँदा इंग्ल्यान्ड ६७–७ को अवस्थामा पुगेको थियो ।
वेस्टइन्डिजका तीव्र गतिका बलर जयडेन सिल्सले सर्वाधिक ३ विकेट लिए । केमार रोच, काइल मेयर्स र अल्जारी जोशेफले २–२ विकेट लिए । पहिलो र दोस्रो टेस्ट बराबरीमा सकिएको थियो । यस सिरिजमा ३ सय ४१ रन बनाएका कप्तान क्रेग ब्रेथवेट प्लेयर अफ द म्याच चुनिए ।
December 15, 2024
भुपेन्द्र जि.सी. नेपाली क्रिकेट टोलीका प्रमुख खेलाडी सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपिएल) मा आफ्नो इतिहासकै कमजोर प्रदर्शन गरेका छन् । विराटनगर किंग्सका कप्तान सन्दीप ७ मध्य ४ खेलमा विकेटविहीन रहे । विकेटविहीन खेलको हिसाबले उनका लागि यो नेपाली फ्रेन्चाइज लिग इतिहासकै सबैभन्दा कमजोर प्रदर्शन हो । यसअघि सन् २०१६ देखि सुरु भएको नेपाली फ्रेन्चाइज […]
December 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आइतवार पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान पक्का गरेको छ । जितसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गर्नुका साथै पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनेको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १ सय ४८ रन बनाउँदै अल […]
December 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सलाई सुदूरपश्चिम रोयल्सले मध्यम लक्ष्य दिएको छ । आइतवारको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रनको योगफल तयार गर्यो । सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन जोडे । उनले ३८ बलमा २ […]