default_image

2 years ago

March 30, 2022

आसिफको अर्धशतकसँगै नेपाल सहज जित नजिक

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर आसिफ शेखको अर्धशतकमा नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा मलेसियाविरुद्ध सहज जित नजिक पुगेको छ । १ सय १५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १० ओभरमा २ विकेट गुमाउँदै ८२ रन बनाएको छ । आसिफले ३१ बलमा आफ्नो टि२० आई करिअरको दोस्रो अर्धशतक पूरा गरे । आसिफ ३३ बलमा ६ […]

101 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर आसिफ शेखको अर्धशतकमा नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा मलेसियाविरुद्ध सहज जित नजिक पुगेको छ । १ सय १५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १० ओभरमा २ विकेट गुमाउँदै ८२ रन बनाएको छ ।


आसिफले ३१ बलमा आफ्नो टि२० आई करिअरको दोस्रो अर्धशतक पूरा गरे । आसिफ ३३ बलमा ६ चौका र १ छक्कासहित ५० रनमा अविजित छन् । उनलाई दीपेन्द्रसिंह ऐरीले १३ रनमा साथ दिएका छन् । ओपनर कुशल भुर्तेल स्पिनर पवनदीप सिंहको बलमा ठूलो सट खेल्नेक्रममा लङअनमा विरनदीप सिंहबाट १ रनमा क्याच भएका थिए ।

पवनदीपले नै चौथो ओभरको अन्तिम बलमा रोहित पौडेललाई १२ रनमा एलबीडब्लू आउट गरे । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियो ।

मलेसियाका ओपनर ओपनर जुबैदी जुल्किफ्लले १५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३२ रनको योगदान दिए । नेपालका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । करण केसीले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले १-१ विकेट लिए ।

May 2, 2024

नेपालले टस हार्यो, पहिला बलिङ गर्दै 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । विश्वकप जाने १५ सदस्सिय टोली सार्वजनिक भएपछि आज नेपाल पहिलो पटक खेल्दैछ । यस सिरिजमा नेपालले २० जना खेलाडी प्रयोग […]

May 2, 2024

सोमपाल दुई विश्वकप खेल्ने एक्लो नेपाली क्रिकेटर बन्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना सुरु हुने आइसीसी टि२० विश्वकप २०२४ का लागि घोषणा गरेको अन्तिम टोलीमा परेसँगै सोमपाल कामी नेपालबाट दुई विश्वकप खेल्ने एक्लो खेलाडी बन्ने भएका छन् । सन् २०१४ मा बंगलादेशमा सम्पन्न टि२० विश्वकपमा सोमपालले नेपालको प्रतिनिधित्व गरेका थिए । त्यसबेला टोलीको सबैभन्दा कान्छो सदस्य रहेका उनी […]

May 2, 2024

बलियो टोली उतार्दै वेस्ट इन्डिज ‘ए’ विरुद्ध सिरिज बराबर गर्ने लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि२० सिरिजको चौथो खेल आज खेल्दैछ । खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्ह १२:१५ बजे सुरु हुनेछ । नेपालले पहिलो खेल ४ विकेटले जितेपछि पाहुना टोलीले दोस्रो खेल १० रनले जित्दै सिरिज बराबर गरेको थियो । बुधबार भएको तेस्रो खेलमा जोन्सन चार्ल्सको […]

Success

Thank you for your time.