3 years ago
March 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा पपुवा न्युगिनीसँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।
टियु मैदानमा पपुवा न्युगिनीका कप्तान असाद भालाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा आक्रामक ब्याटर आदिल अन्सारीलाई डेब्यू दिएको छ । नेपालले कुशल मल्लको स्थानमा आदिललाई डेब्यू दिएको हो ।
आदिललाई नेपाली क्रिकेट टोलीका पूर्व क्रिकेटर तथा प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले डेब्यू दिएका हुन् । आदिल विष्फोटक ब्याटिङको लागि माहिर छन् । उनले आजको खेलमा फिनिसरको भूमिका निर्वाह गर्नेछन् ।
ठूला ठूला सट र मध्यगतिको बलिङको लागि चिनिन्छन् । आदिलले एपिएफविरुद्ध १४ बलमा २ चौका र ४ छक्कासहित ३५ रनको इनिङ खेलेका थिए । गत डिसेम्बरमा यू–१९ एसिया कपमा कुवेतविरुद्ध ४९ रन जोडेका थिए ।
यू–१९ राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले प्रस्तुत गरेको २ सय ९१ रनको लक्ष्य ४९.१ ओभरमा पूरा गर्न उनले विष्फोटक ब्याटिङ गरेका थिए । उनले ४३ बलमा ७ चौका र ६ छक्कासहित ८७ रनको विष्फोटक इनिङ खेलेका थिए ।
नेपाल विजयी भएमा ६ अंकका साथ एक खेल अगावै फाइनलमा पुग्नेपक्का हुनेछ । पहिलो खेलमा नेपालले पिएनजीलाई १५ रन र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । नेपाल र पिएनजीबीच दुई टि२० आई खेल भएको छ । नेपाल १ खेलमा जित र १ खेलमा पराजित भएको छ ।
नेपालको प्लेइङ ११ :
सन्दीप लामिछाने (कप्तान), आदिल अन्सारी, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख , करण केसी, अभिनाश बोहरा, दीलिप नाथ (विकेटकिपर), आरिफ शेख र रोहित पौडेल ।
December 15, 2024
भुपेन्द्र जि.सी. नेपाली क्रिकेट टोलीका प्रमुख खेलाडी सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपिएल) मा आफ्नो इतिहासकै कमजोर प्रदर्शन गरेका छन् । विराटनगर किंग्सका कप्तान सन्दीप ७ मध्य ४ खेलमा विकेटविहीन रहे । विकेटविहीन खेलको हिसाबले उनका लागि यो नेपाली फ्रेन्चाइज लिग इतिहासकै सबैभन्दा कमजोर प्रदर्शन हो । यसअघि सन् २०१६ देखि सुरु भएको नेपाली फ्रेन्चाइज […]
December 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आइतवार पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान पक्का गरेको छ । जितसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गर्नुका साथै पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनेको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १ सय ४८ रन बनाउँदै अल […]
December 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सलाई सुदूरपश्चिम रोयल्सले मध्यम लक्ष्य दिएको छ । आइतवारको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रनको योगफल तयार गर्यो । सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन जोडे । उनले ३८ बलमा २ […]