default_image

3 years ago

April 4, 2022

हैदराबादमाथि लखनऊको उत्कृष्ट पूनरागमन जित

130 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर आवेश खानको उत्कृष्ट बलिङको सहयोगमा लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा सनराइजर्स हैदराबादमाथि १२ रनको उत्कृष्ट पूनरागमन जित हात पारेको छ ।

१ सय ७० रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५७ रन बनायो । हैदराबादका राहुल त्रिपाठीले ३० बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४४ रन बनाए । निकोलस पुरनले २४ बलमा ३ चौका र २ छक्कासहित ३४ रनमा आउट भए ।

हैदराबादलाई जितको लागि अन्तिम १८ बलमा ३३ रन चाहिँएको थियो । हातमा ६ विकेट थियो । आवेश खानको १८ औं ओभरको पहिलो बलमा पूरनले छक्का प्रहार गरे । दोस्रो बल डट गरे । तेस्रो बलमा पुरन लङअफमा दीपक हुडाबाट क्याच भए । लगत्तै अर्को बलमा अब्दुल सामद विकेटकिपर क्विन्टन डि ककबाट आउट भएपछि लखनऊले खेलमा उत्कृष्ट पूनरागमन गरेको हो । हैदराबादले अन्तिम १७ बलमा १४ रन जोड्दै ५ विकेट गुमाएपछि जित नजिक पुगेर हारेको हो ।

अभिषेक शर्मा १३, एडेन माक्ररम १२, केन विलियम्सन १६, वासिन्टन सुन्दर १८ र रोमरियो शेफर्ड ८ रनमा आउट भए । लखनऊका तीव्र गतिका बलर आवेश खानले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । क्रुनाल पान्ड्याले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । जेसन होल्डरले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६९ रन बनायो । लोकेश राहुल ५० बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ६८ रन बनाए ।

मध्यक्रमका दीपक हुडाले ३३ बलमा ३ चौका र ३ छक्कासहित ५१ रन जोडे । ओपनर क्विन्टन डि कक र एविन एविसलाई स्पिनर वासिन्टन सुन्दरले १–१ रनमा आउट गरेका थिए । मनिष पान्ड्या पनि १० बलमा १ चौका र १ छक्कासहित ११ रनमा आउट भए ।

खराब सुरुवात गरेको लखनऊलाई चौथो विकेटको लागि हुडा र राहुलले ८७ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । आयुष बदोनी १९, क्रुनाल पान्ड्याले ६ र जेसन होल्डरले ८ रन बनाए ।

हैदराबादका वासिन्टन सुन्दरले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । टि नटराजनले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । रोमारियो शेफर्डले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । हैदराबाद पहिलो खेलमा राजस्थानसँग ६१ रनले पराजित भएको थियो । हैदराबादले अव शनिबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ ।

लखनऊ पहिलो खेलमा गुजरात टाइटन्ससँग ५ विकेटले पराजित भएको थियो । चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको थियो । लखनऊ अव बिहीबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।

December 15, 2024

सन्दीपको नेपाली फ्रेन्चाइज इतिहासकै कमजोर प्रदर्शन

भुपेन्द्र जि.सी. नेपाली क्रिकेट टोलीका प्रमुख खेलाडी सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपिएल) मा आफ्नो इतिहासकै कमजोर प्रदर्शन गरेका छन् । विराटनगर किंग्सका कप्तान सन्दीप ७ मध्य ४ खेलमा विकेटविहीन रहे । विकेटविहीन खेलको हिसाबले उनका लागि यो नेपाली फ्रेन्चाइज लिग इतिहासकै सबैभन्दा कमजोर प्रदर्शन हो । यसअघि सन् २०१६ देखि सुरु भएको नेपाली फ्रेन्चाइज […]

December 15, 2024

पोखरालाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, क्वालिफायर खेल्ने सम्भावना बलियो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आइतवार पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान पक्का गरेको छ । जितसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गर्नुका साथै पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनेको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १ सय ४८ रन बनाउँदै अल […]

December 15, 2024

पोखरालाई सुदूरपश्चिमले दियो मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सलाई सुदूरपश्चिम रोयल्सले मध्यम लक्ष्य दिएको छ । आइतवारको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रनको योगफल तयार गर्यो । सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन जोडे । उनले ३८ बलमा २ […]

Success

Thank you for your time.