default_image

2 years ago

April 29, 2022

रबाडा चम्कदा पन्जाबलाई मध्यम लक्ष्य

एजेन्सी – तीव्र गतिका बलर कागिसो रबाडा चम्कदा लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ४२ औं खेलमा पन्जाब किंग्सलाई १ सय ५४ रनको मध्यम लक्ष्य दिएको छ । महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङ थालेको लखनऊले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५३ रन बनायो । लखनऊका ओपनर […]

152 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर कागिसो रबाडा चम्कदा लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ४२ औं खेलमा पन्जाब किंग्सलाई १ सय ५४ रनको मध्यम लक्ष्य दिएको छ ।

महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङ थालेको लखनऊले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५३ रन बनायो । लखनऊका ओपनर क्विन्टन डि ककले ३७ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए । दीपक हुडाले २८ बलमा १ चौका र २ छक्कासहित ३४ रनमा रन आउट हुन पुगे । लखनऊका अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

रबाडाले तेस्रो ओभरको पाँचौं बलमा कप्तान लोकेश राहुललाई ६ रनमा विकेटकिपर जितेश शर्माबाट क्याच गराए । जारी सिजनमा दुई शतक प्रहार गरेका राहुल एज लागेर क्याच हुन पुगेका थिए । दोस्रो विकेटको लागि क्विन्टन डि कक र हुडाले ८५ रनको साझेदारी गर्दै इनिङ उकासे ।

सन्दीप शर्माले १३ औं ओभरको चौथो बलमा डि ककलाई जितेशबाट क्याच गराउँदा लखनऊ ९८–२ को बलियो अवस्थामा थियो । लगत्तै अर्को ओभरमा हुडा रन आउट भए । दुबै क्रिजमा जमेका खेलाडी आउट हुँदा लखनऊ समस्यामा परेको थियो ।

रबाडाको १५ औं ओभरको पहिलो बलमा क्रुनाल लङअनमा शिखर धवनबाट ७ रनमा क्याच भए । चार बलपछि लियाम लिभिङस्टोनले आयुष बदोनीको ४ रनमा उत्कृष्ट क्याच लिएपछि लखनऊ १०९–५ को अवस्थामा पुगेको थियो । मार्कस स्टोइनिस एक रनमा राहुल चाहरको बलमा कट एण्ड बोल्ड आउट भए ।

तल्लोक्रमका जेसन होल्डर ११ र दुश्मन्था चामिराले १७ रन बनाए । चामिरा १९ औं ओभरमा रबाडालाई लगातार तेस्रो छक्का हान्ने धुनमा क्याच भएका थिए । मोहनिस खान ६ बलमा १ चौका र १ छक्कासहित १३ रनमा अविजित रहे ।

पन्जाबका कागिसो रबाडाले ४ ओभरमा ३८ रन खर्चेर ४ विकेट लिए । सन्दीप शर्माले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । राहुल चाहरले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.