default_image

2 years ago

April 30, 2022

नेपाल र जिम्बावे ए बीचको पहिलो एकदिवसिय खेल स्थगित

काठमाडौं (हाम्रो खेलकुद – नेपाल र जिम्बावे ए बीचको पहिलो एकदिवसिय खेल लगातार वर्षाको कारण स्थगित भएको छ । टियु मैदानमा शनिबार बिहान देखि निरन्तर वर्षाको कारण स्थगित भएको हो । म्याच रेफ्री सत्यजित सरकार र अम्पायर विनय कुमार झाको टोलीले मैदान निरिक्षण गर्दै आजको खेल स्थगित भएको जानकारी दिएका छन् । क्यानका अनुसार यस […]

66 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद – नेपाल र जिम्बावे ए बीचको पहिलो एकदिवसिय खेल लगातार वर्षाको कारण स्थगित भएको छ । टियु मैदानमा शनिबार बिहान देखि निरन्तर वर्षाको कारण स्थगित भएको हो ।

म्याच रेफ्री सत्यजित सरकार र अम्पायर विनय कुमार झाको टोलीले मैदान निरिक्षण गर्दै आजको खेल स्थगित भएको जानकारी दिएका छन् । क्यानका अनुसार यस खेल आइतबार हुने भएको छ । खेल स्थगितसँगै जिम्बावेका खेलाडी पेभेलिएनबाट निस्केका छन् । नेपाली खेलाडीले भने बिहानै देखि नेटमा अभ्यास गरेका थिए ।

घरेलु टोली नेपालले आइसिसी विश्वकप लिग–२ को तयारी स्वरुप जिम्बावे ए सँग सिरिज खेल्न लागेको हो । यो सिरिजको अन्तर्राष्ट्रिय मान्यता नहुँदा अभ्यास मानिने छ । सिनियर टोलीबाट खेलि सकेका ८ खेलाडी सम्मिलित जिम्बावेको ए टोलीमा छन् । रिजर्भ डे मा आइतबार हुनेछ । अन्य खेल भने तालिका अनुसार नै हुनेछन् ।

जिम्बावे ए सँग खेल्ने नेपालको एकदिवसिय टोली :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, सुनिल धमला, सुशान भारी र आदिल अन्सारी ।

जिम्बावे ए को टोली :

क्याम्पबेल जोनाथन, इभान्स ब्राडली, ग्वान्डु ट्रेभर, ल्यूक जोंगवे, काइया इनोसेन्ट, काइया रोय, मडान्डे क्लाइभ, मारुमणी तादिवानाशे, मसारा जोन, मौन्जे कुडजाई, माभुता ब्रेन्डन, मुन्योंगा टोनी, मुतोम्बोड्जी टिनोटेन्डा, न्याउची भिक्टर, त्सिग्वागा तफाडजवा ।

नेपाल र जिम्बावे ए सँगको तालिका

वैशाख १८ ( मे १ ) : नेपालविरुद्ध जिम्बावे ए

वैशाख १९ (मे २) : दोस्रो एकदिवसिय खेल

वैशाख २१ (मे ४) : तेस्रो एकदिवसिय खेल

वैशाख २३ ( मे ६) : पहिलो टि२० खेल

वैशाख २४ ( मे ७) : दोस्रो टि२० खेल

वैशाख २६ ( मे ९) : तेस्रो टि२० खेल

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.