default_image

2 years ago

May 7, 2022

जिम्बावे ए नेपालसँग ८७ रनमा अल आउट

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामी र करण केसीको उत्कृष्ट बलिङमा जिम्बावे ए ले दोस्रो अभ्यास खेलमा नेपाललाई ८८ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको जिम्बावे ए ३१.५ ओभरमा ८७ रनमा अल आउट भयो । जिम्बावे ए का मध्यक्रमका जनथान क्याम्पबेलले ४२ बलमा ३ चौका […]

70 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामी र करण केसीको उत्कृष्ट बलिङमा जिम्बावे ए ले दोस्रो अभ्यास खेलमा नेपाललाई ८८ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको जिम्बावे ए ३१.५ ओभरमा ८७ रनमा अल आउट भयो ।

जिम्बावे ए का मध्यक्रमका जनथान क्याम्पबेलले ४२ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २७ रन बनाए । ब्राड इभान्सले ३५ बलमा १ चौका र १ छक्कासहित २० रनमा अविजित रहे ।

तीव्र गतिका बलर करण केसीको इनिङको पहिलो बलम ओपनर इनोसेन्ट कैया एज लागेर आसिफ शेखबाट क्याच आउट भए । चौथो ओभरको पाँचौं बलमा सोमपाल कामीले तडिवानाशे मरुमानीलाई ४ रनमा विकेटकिपर विनोद भण्डारीबाट क्याच गराए ।

करण केसीले अर्को ओभरमा चेफाश झुवाओलाई १० रनमा आसिफबाट क्याच गराए । सोमपाल कामीले रोय कैयालाई ४ रनमा बोल्ड आउट गरेपछि जिम्बावे ए ७.२ ओभरमा २४–४ को कमजोर अवस्थामा पुगेको थियो ।

चोभार एण्डबाट करण र टियु एण्डबाट सोमपाल कामीकोले जिम्बावे एको ब्याटिङ धरासय बनाएका थिए । सुरुवाती १४ ओभर सोमपाल र करणको मात्र स्पेल थियो । करणले क्लाइभ मडान्डेलाई १ रनमा बोल्ड गरे । ल्यूक जोंगवेलाई सागर ढकालले ८ रनमा बोल्ड आउट गरे ।

करण केसीले ८ ओभरमा ३ मेडनसहित १७ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ७ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले २ र सागर ढकालले १ विकेट लिए ।

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

Success

Thank you for your time.