काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले अफ्रिकी राष्ट्र युगान्डासँग महिला अन्तर्राष्ट्रिय टि २० खेल्ने तय भएको छ । जेठ २ देखि कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुरु हुने सिरिजमा ५ डब्लुटि२०आई खेल हुनेछ ।

नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले पहिलो पटक स्वदेशमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । यसअघि नेपाली टोलीले पोखरामा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमार्फत घरेलु मैदानमा भने खेलिसकेको इतिहास छ । युगान्डाविरुद्ध हुने खेल टि२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त रहेकाले यसले नेपालको विश्व वरीयतामा पनि असर गर्नेछ ।
विश्व वरीयतामा हाल नेपाल १६ औं स्थानमा तथा युगान्डा १९ औं स्थानमा रहेको छ । नेपालका प्रशिक्षक जगत टमाटाले सिरिजका लागि २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेका छन् । टोलीले टियु मैदानमा प्रशिक्षण पनि थालिसकेको छ ।
प्रशिक्षक टमाटाले महिला क्रिकेटका लागि यो राम्रो अवसर रहेको अभिव्यक्ति दिए । ‘महिला क्रिकेटको अन्तर्राष्ट्रिय सिरिज हुनु निकै राम्रो पक्ष हो । हामीले सिरिजका लागि तयारी सुरु गरिसकेका छौं । आज २२ सदस्यीय टोली पनि सार्वजानिक गरेका छौं । अब केहि दिन प्रशिक्षणपछि अन्तिम टोली आउनेछ,’ उनले भने ।
अधिकांश अनुभवी अनुहार समेट्दै प्रशिक्षक टमाटाले २२ खेलाडीको नाम सार्वजनिक गरेका छन् । यसपटक टोलीमा यू-१९ टोलीको १८ सदस्यीय टोलीमा पर्न सफल लेग स्पिनर हिरान्माये रोय पनि समावेश भएकी छिन् । प्रशिक्षक टमाटाले उनको खेलबाट प्रभावित भएर सिनियर टोलीको प्रशिक्षणमा समावेश गरिएको जानकारी दिए ।
२२ सदस्यीय टोली :

खेल तालिका :
