default_image

4 years ago

June 12, 2022

पुरनको सानदार बलिङ

227 views

0 Bookmark

एजेन्सी – वेस्टइन्डिजका विष्फोटक ब्याटर तथा कप्तान निकोलस पुरनले पाकिस्तानसँग तेस्रो ओडिआई खेलमा सानदार बलिङ गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट करिअरमा पहिलो पटक सानदार बलिङ गर्नेक्रममा पुरनले पाकिस्तानको शीर्षक्रम धरासय बनाउन पुगे ।

मुल्तान क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तान ३३ ओभरमा १५५–५ को कमजोर अवस्थामा छ । पाकिस्तानलाई कमजोर अवस्थामा पुर्याउन पुरनले स्पिन बलिङ गर्दै १० ओभरमा ४८ रन खर्चेर प्रमुख चार विकेट लिए ।

पाकिस्तानलाई ओपनर फखार जमान र ईमाम उल हकले पहिलो विकेटका लागि १६.४ ओभरमा ८५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । प्रमुख बलरले विकेट लिन नसकेपछि पुरन आफैं बलिङमा आएका थिए ।

पुरनले आफ्नो तेस्रो ओभरको रुपमा जमानलाई ३५ रनमा बोल्ड गर्दै आफ्नो पहिलो अन्तर्राष्ट्रिय विकेट लिए । जमानले ४८ बलमा ४ चौका प्रहार गरे । पुरनले २३ औं ओभरमा दुई महत्वपूर्ण विकेट लिए । पुरनको २३ औं ओभरको तेस्रो बलमा इमाम उल हक टप एज लागेर विकेटकिपर शाई होपबाट ६२ रनमा क्याच भए ।

६८ बल खेल्दै हकले ७ चौका र १ छक्का प्रहार गरे । ओडिआईमा हकको लगातार सातौं अर्धशतक हो । एक बलपछि मोहम्मद हरिसलाई अकिल हुनसैबाट शून्यमा क्याच गराए । पुरनले पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवानलाई पनि शाई होपबाट ११ रनमा क्याच गराउँदै वेस्टइन्डिजलाई सानदार पूनरागमन गराउन सफल भए ।

रिजवान एज लागेर आउट भएका थिए । विश्व क्रिकेटमा विष्फोटक विकेटकिपर ब्याटरको पहिचान बनाएका पुरनले पहिलो पटक बलिङमा सानदार प्रदर्शन गरेका हुन् । तीन ओडिआई खेलको सिरिज वेस्टइन्डिजले एक खेल अगावै गुमाई सकेको छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.