3 years ago
July 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – क्यानाडा भ्रमणमा रहेको नेपालले आज पहिलो एकदिवसिय अभ्यास खेलमा ओन्टारियोसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८ : ४५ मा क्यानाडाको किंग सिटीमा रहेको मेपल लिफ मैदानमा सुरुहुनेछ । ओन्टारियोको कप्तानी नेपालका पूर्व ओपनर नरेश बुढाऐर र नेपालको सन्दीप लामिछानेले गर्नेछन् ।

नेपाल क्यानाडामा सहज जितका साथ विजयी सुरुवात गर्न चाहन्छ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज नामिबिया, स्कटल्यान्डसँग खेल्नुअघि क्यानाडामा अभ्यास गर्न गएको हो । खेल स्कटल्यान्डमा हुनेछ । स्कटल्यान्ड र क्यानाडाको वातावरण मिल्ने हुँदा नेपालले तीन अभ्यास खेल खेल्न लागेको हो ।
नेपालबाट खेलि सकेका नरेश बुढाऐरलाई नेपालको बारे राम्रोसँग थाहा छ । तर टोलीमा अन्य कुन कुन खेलाडी हुने ओन्टारियोले सार्वजनिक गरेको छैन । नेपालका सन्दीप, रोहित पौडेल र करण केसी प्रमुख हतियार हुन् । देव खनाल, पवन सरार्फ र आदिल अन्सारी जस्ता युवा खेलाडीलाई नेपालले यस अभ्यास खेलमा बढी मौका दिनेछ ।
लयबाहिर देखिएका दीपेन्द्रसिंह ऐरीलाई आत्माविश्वास बढाउने राम्रो अवसर हुनेछ । तीव्र गतिका बलर किशोर महतो र स्पिनर बसिर अहमद दुबैलाई नेपालले अवसर दिने सम्भावना छ । अभ्यास खेल हुँदा नेपालले प्रमुख खेलाडीलाई विश्राम दिनसक्ने सम्भावना त्यतिनै छ ।
नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी (विकेटकिपर) ।
नेपालको खेल तालिका
असार १७ (जुलाई १) : नेपालविरुद्ध ओन्टारियो अभ्यास खेल
असार २० (जुलाई ४) – नेपालविरुद्ध क्यानाडा, पहिलो एकदिवसिय खेल
असार २१ ( जुलाई ५) – नेपालविरुद्ध क्यानाडा, दोस्रो एकदिवसिय खेल
स्कटल्यान्ड भ्रमणमा नेपालको खेल तालिका
असार २७ ( जुलाई ११) – नामिवियाविरुद्ध नेपाल
असार २९ ( जुलाई १३) – स्कटल्यान्डविरुद्ध नेपाल
असार ३२ ( जुलाई १६) – नेपालविरुद्ध नामिबिया
साउन १ ( जुलाई १७) – नेपालविरुद्ध स्कटल्यान्ड
अंक तालिका
ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २० खेलमा १३ मा जित र ५ मा हारका साथ २८ अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका २४ खेलमा ११ मा जित र १२ मा हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा छ । नेपाल १६ खेलमा ७ मा जित र ८ मा हारका साथ १५ अंक जोड्लै पाँचौं स्थानमा छ । नामिबिया १४ खेलमा ७ मा जित र ७ मा हार सहित १४ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]