default_image

2 years ago

July 1, 2022

भारत र इंग्ल्यान्ड भिड्दै

81 views

0 Bookmark

एजेन्सी – भारत र इंग्ल्यान्डबीचको पाँचौं तथा अन्तिम टेस्ट खेल आजदेखि सुरु हुँदैछ । खेल दिउँसो ३ ः १५ देखि इंग्ल्यान्डको बर्मिङ्घममा सुरु हुँदैछ ।

भारतको कप्तानी जस्प्रित बुमराहले गर्दैछन् । बुमराहको कप्तानीमा डेब्यू हुनेछ । नियमित कप्तान रोहित शर्मालाई कोरोना संक्रमण देखिएपछि ३५ वर्षपछि भारतीय क्रिकेटमा तीव्र गतिका बलरले नेतृत्व गरेका हुन् । बुमराह सन् १९८७ मा कपिलदेवपछि भारतको नेतृत्व गर्ने पहिलो तीव्र गतिका बलर हुन् ।

इंग्ल्यान्डको बेन स्टोक्सले कप्तानी गर्नेछन् । स्टोक्सको कप्तानीमा इंग्ल्यान्डले सानदार प्रदर्शन गर्दै आएको छ । यसै साता गतवर्ष विश्व टेस्ट च्याम्पियन न्युजिल्यान्डसँगको तीनको सिरिज क्लिनस्विप गरेको हुँदा उच्च मनोबलमा छ । इंग्ल्यान्डले तीनै टेस्ट खेलमा आक्रामक ब्याटिङ गरेको छ ।


यस सिरिज गतवर्ष सेप्टेम्बरमा कोरोना कारण स्थगित भएको थियो । पाँच खेलको सिरिजमा भारत २–१ ले अघि छ । पहिलो खेल बराबरी हुँदा दोस्रो खेल भारतले १ सय ५१ रनले जितेको थियो । तेस्रो खेलमा इंग्ल्यान्ड इनिङ अन्तरले ७६ रनले विजयी हुँदा चौथो खेलमा १ सय ५७ रनले पराजित भएको थियो ।

तर गतवर्ष र अहिलेमा इंग्ल्यान्डको टोलीमा धेरै परिवर्तन आएको छ । इंग्ल्यान्डका सबै ब्याटर उच्च लयमा छन् । जो रुट र जोनी बेयरस्टो उच्च लयमा रहेका छन् । बेयरस्टोले पछिल्ला तीन टेस्ट इनिङमा १३६, १६२ र ७१ रनकोा विष्फोटक इनिङ खेलेका थिए । जो रुट सानदार प्रदर्शन गर्दै आएका छन् । रुटले न्युजिल्यान्डविरुद्ध पहिलो टेस्टमा १ सय १५, दोस्रो टेस्टमा १ सय ७६ र टेस्ट टेस्ट खेलमा ८६ रन जोडेका थिए । बेयरस्टो र रुटको लय भारतलाई घातक बन्नसक्छन् ।


ओपनर एलेक्स लेस र ज्याक क्रलीबाट राम्रो सुरुवात चाहन्छ । ओली पोप पनि राम्रो लयमा छन् । पोप, बेन स्टोक्स, जो रुट, जोनी बेयरस्टो र साम बिलिंग्स हुँदा इंग्ल्यान्डको ब्याटिङलाइनअप उत्कृष्ट छ । तीव्र गतिका बलरमा म्याथ्यु पट्स, जेमी एन्डरसन र स्टुअर्ट ब्रोड छन् । एन्डरसनको स्वींग बल भारतीय ब्याटरलाई खेल्न सहज भने हुनेछैन।

भारतको ओपनिङ सुभमन गिल र मयंक अग्रवालले गर्ने सम्भावना छ । विराट कोहली र चेतेश्वर पुजारा भारतका प्रमुख ब्याटर हुन् । यी दुई ब्याटरको प्रदर्शनले धेरै प्रभाव पार्नेछ । हनुमा विहारी, श्रेयस ऐेर र ऋषभ पन्त मध्यक्रमका ब्याटर हुन् । रविन्द्र जडेजा र शार्दुल ठाकुर तल्लोक्रमका ब्याटर हुन् ।

बुमराह, ठाकुर, मोहम्मद शामी र मोहम्मद शिराज तीव्र गतिका बलर हुन् । बर्मिङ्घममा भारतले हालसम्म टेस्ट खेलमा जित हात पारेको छैन । इंग्ल्यान्डमा २००७ पछि पहिलो टेस्ट सिरिज जित्ने लक्ष्यमा छ । २००७ मा भारतले तीन टेस्ट खेलको सिरिज १–० ले जितेको थियो । इंग्ल्यान्डमा भारतले हालसम्म तीन टेस्ट खेल पनि जित्न सकेको छैन ।

गतवर्ष यस टेस्ट सिरिजमा भारतको विराट कोहली र इंग्ल्यान्डको जो रुटले कप्तानी गरेका थिए । एक वर्षको अवधिमा दुबै टोलीका कप्तान फेरिएका छन् । तुलनात्मक रुपमा भारत भन्दा यस खेल इंग्ल्यान्ड बलियो देखिन्छ ।

May 15, 2024

लखनऊ विरुद्ध दिल्लीको जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको लखनऊले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो । […]

May 14, 2024

दीपेन्द्रको विष्फोटक ब्याटिङमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीको विष्फोटक फिनिसको मद्दतमा विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ । पार्क हिल मैदानमा सोमबार भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो । घरेलु टोलीले दिएको १ सय ९७ रनको लक्ष्य नेपालले ३ […]

May 14, 2024

नेपाललाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा विशाल लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सत्य ९६ रन बनाएपछि नेपालले १ सय ९७ रनको लक्ष्य पाएको हो । नेपालको विश्वकप […]

Success

Thank you for your time.