default_image

2 years ago

July 13, 2022

ओडिआईमा जम्न नसकेका दीपेन्द्र

भुपेन्द्र जिसी, काठमाडौं कुनैपनि टोलीका लागि प्रमुख ब्याटरको प्रदर्शन सधैं महत्त्वपूर्ण हुन्छ । प्रमुख खेलाडीले नै खराब प्रदर्शन गरेपछि त्यसको असर टोलीको नतिजामा पनि पर्छ । पछिल्लो समय नेपाली टोली यसै समस्याले ग्रसित छ । प्रमुख ब्याटरको प्रदर्शन राम्रो छैन । हाल स्कटल्यान्ड भ्रमणमा पनि नेपाललाई सबैभन्दा ठूलो चिन्ता ब्याटिङकै छ । खराब र गैरजिम्मेवार […]

86 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

कुनैपनि टोलीका लागि प्रमुख ब्याटरको प्रदर्शन सधैं महत्त्वपूर्ण हुन्छ । प्रमुख खेलाडीले नै खराब प्रदर्शन गरेपछि त्यसको असर टोलीको नतिजामा पनि पर्छ । पछिल्लो समय नेपाली टोली यसै समस्याले ग्रसित छ । प्रमुख ब्याटरको प्रदर्शन राम्रो छैन । हाल स्कटल्यान्ड भ्रमणमा पनि नेपाललाई सबैभन्दा ठूलो चिन्ता ब्याटिङकै छ ।

खराब र गैरजिम्मेवार ब्याटिङले निरन्तरता पाउँदा नेपाल पहिलो खेलमा नामिबियासँग पराजित भएको थियो । परम्परागत ब्याटिङको समस्याले निरन्तरता पाएको छ । निकै आशा गरिएका प्रमुख ब्याटर दीपेन्द्रसिंह ऐरीको खराब प्रदर्शनले पनि टोलीमा असर गरेको छ । नेपालबाट चौथो र पाँचौं नम्बरमा ब्याटिङ गर्दै आएका दीपेन्द्रको पछिल्लो समय प्रदर्शन सम्झन लायक छैन । ओडिआई करिअर हेर्ने हो भने १/२ इनिङबाहेक उनले रन बनाउन सकेका छैनन् ।

दीपेन्द्र सोमबार नामिबियासँग ४ रनमा आउट भए । पछिल्ला चार ओडिआई खेलमा दीपेन्द्रले दोहोरो अंकमा रन बनाउन सकेका छैनन् । उनले २१ ओडिआईमा १ शतकसहित कुल ३ सय २५ रन बनाएका छन् । उनको औसत १७.१० छ । कुनैपनि टोलीले प्रमुख ब्याटरबाट ठूलो इनिङ चाहन्छ । हो खेलाडीबाट सधैं राम्रो प्रदर्शन हुँदैन । तर मुख्य ब्याटरबाट कम्तिमा स्कोरको आशा भने हुन्छ ।

नेपाल हाल आइसिसी विश्वकप लिग–२ प्रतियोगितामा व्यस्त छ । आगमी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोटमा सिधै पुग्न यस लिगको शीर्ष तीनमा अट्नुपर्छ । अन्यथा प्लेअफ खेल्नुपर्ने हुन्छ । ओडिआई मान्यता जोगाउन मात्र पनि शीर्ष पाँचमा पर्नुपर्छ । अहिलेको समिकरणमा यी दुवै कठिन छ । नेपालको लागि सबैभन्दा महत्त्वपूर्ण विश्वकप लिग–२ मा दीपेन्द्रको प्रदर्शन एक प्रमुख ब्याटरको भन्न लायक नै छैन ।

विश्वकप लिग २ मा दीपेन्द्रले १३ खेलमा ८.८१ को औसतमा मात्र ९७ रन बनाएका छन् । इनिङमा उत्कृष्ट प्रदर्शन जम्मा ३६ रन छ । जबकी प्रमुख ब्याटरबाट यो किसिमको प्रदर्शन हुनु आफैंमा दुःखद हो । यो प्रदर्शनले दीपेन्द्रको नाम अनुसार न्याय गर्दैन ।

नेपाल अघिल्लो महिना विश्वकप लिग–२ को लागि अमेरिका गएको थियो । दीपेन्द्र पहिलो खेलमा ओमानसँग १६ रनमा आउट भए । त्यसपछि अमेरिकासँग १, ओमानसँग ६ र अमेरिका ७ रनमा आउट भए । चार मध्य तीन खेलमा दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मार्चमा विश्वकप लिग २ मा युएई र पपुवा न्युगिनीसँग त्रिकोणात्मक ओडिआई सिरिज खेलेको थियो । दीपेन्द्र ८, ४,० र ० मा आउट भएका थिए । २०२० मा नेपालले कीर्तिपुरमा ओमान र अमेरिकासँग खेल्दा पनि दीपेन्द्रले राम्रो प्रदर्शन गर्न सकेनन् । दीपेन्द्र उक्त सिरिजमा ३६, ०, ०, १५ रन बनाएका थिए ।

त्यसअघि दीपेन्द्रले ६ ओडिआई खेलेका थिए । २०१८ मा नेदरल्यान्ड्सविरुद्ध डेब्यु गर्दै ३३ रन बनाएका थिए । दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध १९, युएईसँग ४०, त्यसपछि डक, १० रन र ६ रनमा आउट भएका थिए । दीपेन्द्रले मार्चमा पपुवा न्युगिनीविरुद्ध मैत्रीपूर्ण सिरिजको दोस्रो खेलमा १ सय ५ रनको शतकीय इनिङ खेलेका थिए । त्यो नै उन हो हालसम्मको उच्च प्रदर्शन हो । टियुको फ्ल्याट पिचमा शतक हानेका दीपेन्द्रको ब्याट त्यसयता भने शान्त रहेको छ ।

दीपेन्द्र २१ मध्य पाँच पटक शून्यमा आउट भएका छन् । १२ खेलमा दोहोरो अंकमा रन बनाउन सकेका छैनन् । दीपेन्द्रले ४० माथि दुई इनिङ खेलेका छन् । उनको ओडिआईमा हालसम्म प्रदर्शन ३३, १९,४०, ०, १०, ६, ३६, ०, ०, १५, ८, ४, ०, ०, १५, १०५, १६, १, ६, ७ र ४ रन छ ।

ओडिआईमा जम्न नसकेका दीपेन्द्रले टि२० आईमा ३९ खेलमा १ शतक र ५ अर्धशतक सहित कुल १ हजार ३३ रन बनाएका छन् । औसत ३९.७३ छ । टि२० आईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर हुन् । विश्व टि२० आई वरीयताको अलराउन्डरमा १० औं स्थानमा छन् । टि२० विश्वकप ग्लोबल छनोट होस् वा टि० आई त्रिकोणात्मक ओडिआई सिरिज दीपेन्द्रको प्रदर्शन उच्च छ । तर ओडिआईमा त्यस विपरित छ ।

ओडिआईमा उनको प्रदर्शन निकै खराब छ । यो वर्ष मात्र खराब होईन, डेब्यू देखिनै । ओडिआईमा रन बनाउन ब्याटरलाई धैर्यता चाहिन्छ । पछिल्लो समय ब्याटरमा देखिएको गैर जिम्मेवारीपन नेपाली क्रिकेटको सबैभन्दा ठूलो समस्या हो । दीपेन्द्रको त्यो मुख्य कमजोरी हो । उनी आउट हुनुको मुख्य कारण गैरजिम्मेवार, खराब सट छनोट र धैर्यताको कमी हो ।

दीपेन्द्रले शतक प्रहार गर्दा चौथो नम्बरमा ब्याटिङ गरेका थिए । पछिल्लो समय उनको ब्याटिङक्रम पाँचौमा लगिएको छ । कुनैपनि ब्याटरले आफ्नो ब्याटिङक्रम परिवर्तन गर्दा राम्रो प्रदर्शन नगर्न सक्छ । जसको कारण खराब प्रदर्शन गरेका हुन सक्छन् । समर्थकबाट कप्तान सन्दीपलाई असहयोग गरेका हुन् की भन्ने आरोप लाग्छ । त्यसो त पारस खड्का र ज्ञानेन्द्र मल्ल कप्तान हुँदा पनि दीपेन्द्रको ओडिआईमा प्रदर्शन राम्रो थिएन ।

दीपेन्द्रलाई चौथो नम्बरमै ब्याटिङ गराउनुपर्छ । टि२० मा लगातार चौथो नम्बरमै सानदार प्रदर्शन गर्दै आएका छन् । टि२० आई र ओडिआईमा धेरै फरक छ । टि२० शैलीले ओडिआईमा सफल हुनसक्दैनन् । एकपछि अर्को असफलता भएमा भने दीपेन्द्रलाई ओडिआईबाट मुख्य ब्याटरको भूमिकाबाट विश्राम दिनुपर्छ । दीपेन्द्रले टोलीमा बलिङ र फिल्डीङमा पनि योगदान दिएका छन् । तर ब्याटरको भूमिकामा खेलेपछि रन अपेक्षा गर्नु जायज हो ।

हो कुनैपनि खेलाडीको लय स्थिर हुँदैन । महान् खेलाडीको लयपनि कहिले उच्च र कहिले खराब हुन्छ । तर सधैं खराब हुँदैन । छोटो समय खराब लय भएपछि त्यहाँबाट सिक्छन् । दीपेन्द्रको स्तर थाहा भएर नै ओडिआईमा उनलाई नेपालले धेरै साथ दिएको छ । अन्य खेलाडी भएको भए धेरै अघि टोलीबाट बाहिर भइसकेका हुन्थे । इतिहास पनि यसको साक्षी छ ।

दीपेन्द्रलाई साथ दिनुको मुख्य कारण ठूलो आशा र सम्भावना हो । उनको खेलको स्तर माथिल्लो दर्जाको छ । तर उनीमाथि राखिएको आशा खुसीमा बदलिएको छैन । झन् झन् निराशा बढ्दो छ । भोली राम्रो गर्छन् की भन्ने आशामा चार वर्ष पुग्यो । तर प्रदर्शन सुधार हुनुको सट्टा खस्किदो छ ।

दीपेन्द्रले यसक्रममा गरेका गल्तीबाट सिकेका छन् भन्न पनि नसकिने अवस्था छ । दीपेन्द्रका लागि अब अन्तिम अवसर यहि हुन सक्छ । ओडिआई मान्यता गुम्यो भने उनले त्यसपछि जतिसुकै राम्रो प्रदर्शन गरेपनि त्यो बेकार जानेछ । दीपेन्द्र टोलीका एक अनुभवी खेलाडी समेत हुन् । ओडिआई मान्यता गुम्नु नेपाली क्रिकेट अन्धकारमा जानु हो भन्ने उनले राम्रोसँग बुझेका छन् ।

दीपेन्द्र मात्र होईन अब टोलीमा खराब प्रदर्शन गर्ने छुट कसैलाई हुनु हुँदैन । अवसर दिने र प्रयोग गर्ने वहानामा धेरै महत्त्वपूर्ण खेल गुमाइसकेको छ । कतिपयले दीपेन्द्र ओडिआई क्रिकेटर नभएको भन्ने गर्दछन् । तर उमेर समूह र घरेलु क्रिकेटमा दीपेन्द्र ओडिआईमा सानदार प्रदर्शन गरेका छन् । २०१६ को यू१९ एसिया कपमा श्रीलंकाविरुद्ध खेलेको ९० रन, २०१७ मा भारतलाई यू१९ एसिया कपमा १९ रनले हराउँदै इतिहास रच्नेक्रममा ८८ रनको इनिङ होस् ।

काठमाडौं मेयर्स कपमा एपिएफविरुद्ध खेलेको १ सय ४० रनको इनिङ होस् । दीपेन्द्रले पछिल्लो समय ओडिआईमा रन जोड्न नसक्नुको मुख्य कारण गैरजिम्मेवारी ब्याटिङ नै हो । त्यसो त टि२० क्रिकेटको लत पनि हुनसक्छ । अब पनि रन जोड्न नसके उनलाई गल्तीमा साथ दिने कप्तान, प्रशिक्षक र व्यवस्थापकलाई छुट छैन ।

बलिङको कारण उनको प्रदर्शन खस्केको हो की भन्ने आरोपमा केहि खेलमा उनलाई बलिङको दबाब नदिने प्रयास पनि नगरिएको होइन । कप्तानले पनि यसलाई नकारेका छन् । बलिङमा योगदान दिएपनि उनी टोलीका मुख्य ब्याटर हुन् । उनले ब्याटबाट राम्रो प्रदर्शन गर्न सक्दैनन् भने अर्को खेलाडीलाई उक्त भूमिकामा मौका दिनुपर्छ ।

प्रदर्शनबिना खेलको स्तर र नामको कारण मात्र मौका दिइरहनु अवसर पर्खेर बसेको खेलाडीलाई पक्कै न्यायोचित हुँदैन । क्रिकेट मैदानमा नाम होईन प्रदर्शन चाहिन्छ । दीपेन्द्र आफैं गम्भीर हुनुपर्छ । अब दीपेन्द्रले आफूले आफैंलाई सोध्नुपर्छ मैले अब पनि गरिन भने कहिले गर्ने ?

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

Success

Thank you for your time.