default_image

3 years ago

August 24, 2022

बाबर र यासिम चम्कदा हङकङ एसिया कप छनोट नजिक

460 views

0 Bookmark

एजेन्सी – अनुभवी ब्याटर बाबर हायत र अलराउन्डर यासिम मुर्तजा चम्कदा हङकङले टि२० एसिया कप छनोटमा लगातार दोस्रो जित निकालेको छ । कुवेतलाई ८ विकेटले पराजित गर्दै हङकङ शनिबारदेखि युएईमा हुने टि२० एसिया कपमा छनोट हुँदै भारत र पाकिस्तानसँग खेल्ने सम्भावना बढाएको छ ।

जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको हङकङले १७.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । हङकङको जितमा बाबर हायत ३० बलमा २ चौका र ५ छक्कासहित ५३ रनमा अविजित रहे । कप्तान निजाकत खान ४३ बलमा ४ चौका र १ छक्कासहित ५० रनमा आउट भए ।

ओपनर यासिम मुर्तजा ३३ बलमा ७ चौका र १ छक्कासहित ४६ रनमा आउट भए । कुवेतका मोहम्मद शफिक र अदनान इद्रिसले एक एक विकेट लिए ।

त्यसअघि अलअमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनायो । एक समय ५७–६ को दयनीय अवस्थामा पुगेको कुवेतलाई एडसन सिल्भाले विष्फोटक ब्याटिङका साथ मध्यम योगफलमा पुयाएका थिए । सिल्भाले ३० बलमा १ चौका र ६ छक्कासहित ५६ रनको विष्फोटक इनिङ खेले ।

उस्मान पटेल १९ र मोहम्मद अस्लाम २१ रनमा आउट भए । हङकङका अजिज खान, एहसान खान र यासिम मुर्तजाले दुई दुई विकेट लिए । हङकङले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो ।

हङकङले अन्तिम तथा निर्णायक खेलमा युएईसँग आज राती खेल्नेछ । हङकङ विजयी भएमा एसिया कपमा छनोट हुनेछ । पराजित भएमा भने नेटनरेटका कारण बाहिरिने छ । समान २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा रहेको हङकङको नेटनरेट ०.७१६ छ । २ अंकका साथ दोस्रो स्थानमा रहेको युएईको नेटरनरेट १.०४५ छ ।

युएई भने पहिलो खेलमा कुवेतसँग एक विकेटले पराजित भएको थियो । दोस्रो खेलमा सिंगापुरलाई ४७ रनले हराएको थियो ।
एसिया कप २७ अगष्ट देखि सुरुहुनेछ । समूह ए मा भारत, पाकिस्तान र छनोट हुने एक टोली हुनेछन् । समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.