default_image

3 years ago

August 25, 2022

युएईलाई हराउँदै हङकङ एसिया कपमा

382 views

0 Bookmark

एजेन्सी – युएईलाई हराउँदै हङकङले शनिबार देखि युएईमा सुरुहुने टि२० एसिया कपमा स्थान बनाएको छ । टि२० एसिया कप छनोटको निर्णायक खेलमा बुधबार राती हङकङले युएईलाई ८ विकेटले हराउँदै एसिया कपमा पुगेको हो । हङकङले एसिया कपमा विश्व क्रिकेटका दुई उत्कृष्ट टोली भारत र पाकिस्तानसँग खेल्नेछ ।

जितको लागि १ सय ४८ रनको लक्ष्य पछ्याएको हङकङले १९ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । हङकङको जितमा यासिम मुर्तजाले ४३ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५८ रन बनाए । निजाकत खानले ३९ बलमा ५ चौकासहित ३९ रन नै बनाए । बाबर हायतले २६ बलमा १ चौका र ३ छक्कासहित ३८ रनमा अविजित रहे ।

त्यसअघि अलमरेत क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ गरेको युएई १९.३ ओभरमा १ सय ४७ रनमा अल आउट भएको थियो । युएईका कप्तान सिपी रिजवानले ४४ बलमा ४ चौकासहित सर्वाधिक ४९ रन बनाए । जवार फरिदले २७ बलमा २ चौका र ३ छक्कासहित ४१ रन बनाए । मोहम्मद वासिम १८, चिराग सुरी ४ र वृत्य रविन्दले २ रन बनाए ।

हङकङका एहसान खानले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । आयुश शुक्लाले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । अजिज खानले १.३ ओभरमा ८ रन खर्चेर २ विकेट लिए । हङकङ ३ खेलमा अपराजित रहँदै ६ अंकका साथ शीर्ष स्थानमा रहेर एसिया कप खेलेको हो ।

कुवेत ३ खेलमा २ मा जितका साथ दोस्रो, युएई ३ खेलमा १ मा जितका साथ तेस्रो र सिंगापुर जित बिहीन हुँदै बाहिरियो । एसिया कप शनिबारबाट युएईमा सुरु हुनेछ । समूह ए मा भारत, पाकिस्तान र हङकङ हुँदा समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा प्रतिस्पर्धा गर्नेछन् ।

November 14, 2025

जनकपुर बोल्ट्स र म्यानेजमेन्टबीच निरन्तर सहकार्य

हेटौंडा (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्स र हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइन्सेसबीच यो वर्ष पनि सहकार्य हुने भएको छ । जनकपुर र म्यानेजमेन्टको प्रतिनिधिले शुक्रबार हेटौंडामा सम्झौता पत्रमा हस्ताक्षर गर्दै यसवर्ष पनि सहकार्यलाई जारी राख्ने घोषणा गरेका हुन् । जनकपुरको तर्फबाट क्लबका सहलगानीकर्ता महेश सिग्देल र म्यानेजमेन्टका […]

November 14, 2025

काठमाडौं गोर्खाज र प्रभु महालक्ष्मीको सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ । सोमबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन खेल्नेक्रममा रहेको काठमान्डु गोर्खाजको लाइफ इन्सोरेन्स पार्टनरको रुपमा प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स रहने छ । काठमान्डु गोर्खाज र प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स बीच बिहीवार सम्झौता भएको छ । गोर्खाजका कार्यकारी […]

November 13, 2025

पारस सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसेडेर

काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्‌का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]

Success

Thank you for your time.