default_image

3 years ago

August 26, 2022

नेपाललाई १ सय ३३ रनको लक्ष्य

260 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– घरेलु टोली केन्याविरुद्धको दोस्रो टि २० आईमा शुक्रबार नेपालले १ सय ३३ रनको विजय लक्ष्य पछ्याउनु पर्ने भएको छ ।

कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान ३ विकेट लिएपछि केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रनको जोडेको थियो । पहिलो खेलमा बिहीबार १ सय ३१ रनको लक्ष्य पछ्याउँदा नेपालले ५ विकेटको जित हासिल गरेको थियो ।

कप्तान सन्दीपले ४ ओभरमा २६ रन खर्चेर र दीपेन्द्रले ३ ओभरमा १६ रन दिदै समान ३ विकेट लिएका थिए । करण केसीले २ र पवन सरार्फले १ विकेट लिएका थिए ।  नैरोबी स्थित जिमखान क्लब ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको  केन्याका लागि राकेप पटेलले सर्वाधिक ३५ रन जोडेका थिए ।

निहिमी अडिहिम्बोले २९, इरफान करिमले २२ र सचिन भुदियाले १४ रन बनाएका थिए । त्यसबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । ५ टि२० आईको श्रृखंलामा नेपाल १–० ले अगाडि रहेको छ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.