3 years ago
August 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल चौथो टि२० आई खेलमा घरेलुु टोली केन्यासँग लज्जास्पद ब्याटिङ गर्दै ७ रनले पराजित भएको छ । जितको लागि १ सय २ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनायो ।

नेपालका रोहित पौडेलले ५५ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४७ रनको योगदान दिए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । लज्जास्पद ब्याटिङ गर्नेक्रममा नेपालका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपाललाई जितको लागि अन्तिम ६ बलमा १२ रन चाहिँएको थियो ।
स्पिनर रकिप पटेलले सुरुवाती दुई बलमा एक एक रन खर्चिदै दबाब बढाए । तेस्रो बलमा एक रन खर्चिएपछि तीन बलमा ९ रन चाहिँएको थियो । चौथो बलमा पनि एक रन खर्चिएपछि नेपालको जितको सम्भावना कठिन बनेको थियो । पाँचौं बलमा रोहितलाई बोल्ड गर्दै केन्याको जित पक्का गराए । अन्तिम बलमा साहब आलमलाई डट राख्दै जितको खुसी मनाए ।
तीव्र गतिका बलर एलिजाह ओटिएनोले पहिलो ओभरको पहिलो बलमै पवन सरार्फलाई आउट गरेका थिए । ओटिएनोले तेस्रो ओभरको अन्तिम बलमा ज्ञानेन्द्र मल्ललाई विकेटकिपर सुखदीपसिंहबाट क्याच गराए ।

लगत्तै चौथो ओभरको पहिलो बलमा अर्जुन साउद शेम न्गोचेको बलमा ६ रनमा सचिन भुडियाबाट क्याच हुँदा नेपाल १३–३ को अवस्थामा पुगेको थियो । शेमकै बलमा दीपेन्द्रसिंह ऐरी ६ रनमा स्टम्पिङ आउट भए । आरिफ शेख २, सोमपाल कामी शून्य, आदील अन्सारी ८ र करण केसी २ रनमा आउट भए ।
केन्याका रकिप पटेलले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । विरज पटेलले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर २ विकेट लिए । शेम न्गाचेले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर २ विकेट लिए । एलिजाह ओटिएनोले २ ओभरमा ८ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको केन्याले निर्धारित २० ओभरमा १ सय १ रनमा अल आउट भएको थियो ।
केन्याका लुकास ओलुओचले १८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३३ रनको योगदान दिए । नेपालका सन्दीप लामिछानेले ४ ओभरमा ९ रन खर्चेर ५ विकेट लिए । टि२० आईमा सन्दीपले पहिलो पटक पाँच विकेट लिएका हुन् । यो टि२० आईमा नेपाल र सन्दीप दुबैको उत्कृष्ट प्रदर्शन हो ।

ओपनर कालिन्स ओबुयाले ३० बलमा २ चौकासहित २० रनमा आउट भए । केन्याको सुरुवात भने निकै सुस्त रह्यो । सन्दीप लामिछानेले ओबुयालाई साहब आलमबाट क्याच गराउँदै पहिलो सफलता दिलाए । एलेक्स ओबान्डा १५ बल खेल्दै ३ रन बनाएर आउट भए । सन्दीपको नवौं ओभरको चौथो बलमा नेहेम्याह ओधियाम्बोलाई विकेटकिपर अर्जुन साउदले ५ रनमा उत्कृष्ट स्टम्पिङ आउट गराए ।
साहब आलमको १३ औं ओभरको पहिलो बलमा रकिप पटेल ज्ञानेन्द्र मल्लबाट ६ रनमा आउट भएपछि केन्या थप समस्यामा परेको थियो । सचिन भुडिया ८ रन, नेल्सन ६ र सुखदीप सिंह ३ रनमा आउट हुँदा केन्या ७४९७ को अवस्थामा पुगेको थियो । त्यसपछि लुकासले केहि इनिङ उकासेका थिए ।

सन्दीप टि२० आईमा पाँच विकेट लिने दोस्रो नेपाली बलर हुन् । नेपालबाट टि२० आईमा उत्कृष्ट प्रदर्शन हो । यसअघि करण केसीले गत मार्चमा टियु मैदानमा पपुवा न्युगिनीविरुद्ध ह्याट्रिकसहित ३.४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिएका थिए ।
आदिल अन्सारीले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । साहब आलम र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए । पाँच टि२० आई खेलको सिरिज २-२ को बराबरीमा पुगेको छ । पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा १८ रनले पराजित हुँदा तेस्रो खेलमा ४ विकेटले विजयी भएको थियो । पाँचौं तथा अन्तिम खेल मंगलबार हुनेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]