default_image

3 years ago

August 30, 2022

सिरिज जित्न निर्णायक खेल खेल्दै नेपाल

276 views

0 Bookmark

एजेन्सी – नेपालले केन्यासँगको पाँचौं तथा निर्णायक टि२० आई खेल आज खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा सुरुहुनेछ ।

चार खेल सकिँदा सिरिज २–२ को बराबरी अवस्थामा छ । नेपाल पाँचौं खेल जित्दै सिरिज जित्ने सोचमा छ । तर चौथो खेलमा १ सय २ रनको योगफल पछ्याउँदा नेपाललाई ९४ रनमै रोकेको केन्याको मनोबल उच्च छ ।

नेपाल भने मानसिक रुपमा दबाबमा हुनेछ । नेपालले सिरिज जित्न अन्तिम खेलमा सानदार ब्याटिङ गर्नुपर्ने हुन्छ । नेपाल पहिलो खेलमा ५ विकेटले विजयी हुँदा दोस्रो खेलमा १८ रनले पराजित भएको थियो । तेस्रो खेलमा ४ विकेटले विजयी हुँदा चौथो खेलमा ७ रनले स्तब्ध भएको थियो ।

नेपालले १ सय २ रन पनि बनाउन नसकेको हुँदा टोलीमा आज केहि परिवर्तन गर्ने सम्भावना छ । ओपनर पवन सरार्फको स्थानमा आसिफ शेखलाई मौका दिनसक्छ । पवन पहिलो बलमै रोयल डक आउट भएका थिए । समग्रमा उनको प्रदर्शन खराब रहँदै आएको छ ।


ज्ञानेन्द्र मल्ल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले जिम्मेवारीका साथ प्रदर्शन गर्नुपर्ने हुन्छ । आरिफ शेखको स्थानमा विवेक यादवलाई मैदान उतार्न सक्छ । आदिल अन्सारीबाट उत्कृष्ट अन्त्य चाहन्छ ।

करण केसी र सोमपाल कामी तीव्र गतिका बलिङ हतियार हुन् । यी दुई खेलाडीबाट नेपाल ब्याटिङमा उत्कृष्ट अन्त्य चाहन्छ । साहब आलमले सन्दीपलाई स्पिन आक्रामणमा साथ दिनेछन् । नेपाली ब्याटरले जिम्मेवारीका साथ खेल्नुपर्ने हुन्छ ।

रकिप पटेल, इफरान करिम र लुकास ओलुओच प्रमुख ब्याटर हुन् । यी तीन खेलाडीले यस सिरिजमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । स्पिनर शेम न्गोचे, विरज पटेल र रकिप स्पिन हतियार हुन् ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.