3 years ago
September 2, 2022
एजेन्सी – अन्तिम ओभरमा चार छक्का हानेपछि पाकिस्तानले टि२० एसिया कप २०२२ मा हङकङलाई १ सय ९४ रनको विशाल लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९३ रन बनायो ।

पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ५७ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ७८ रनमा अविजित रहे । खुशदील शाह १५ बलमा ५ छक्कासहित ३५ रनमा अविजित रहे । अन्तिम ओभरमा तीव्र गतिका बलर एजाज खानलाई खुशदील शाहले चारछक्कासहित कुल २९ रन जोड्दै पाकिस्तानलाई विशाल योगफलमा पुयाए ।
खानले पहिलो र दोस्रो बल लगातार डट राखे । त्यसपछि भने उनी सम्हालिन सकेनन् । उनले तेस्रो बलमा छक्का, चौथो बलमा वाइडसहित पाँच रन खर्चिए । त्यसपछि लगातार तीन छक्का खर्चिदै अन्तिम चार बलमा कुल २९ रन दिए । तेस्रो विकेटका लागि खुशदील र रिजवानले २३ बलमा ६४ रनको साझेदारी गरेका थिए ।

दोस्रो विकेटका लागि जमान र रिजवानले ८१ बलमा १ सय १६ रनको शतकीय साझेदारी गरेका थिए । जमान ४१ बलमा ३ चौका र २ छक्कासहित ५३ रनमा आउट भए । कप्तान बाबर आजम स्पिनर एहसान खानको तेस्रो ओभरको पाँचौं बलमा ९ रनमा कटएण्ड बोल्ड आउट भए ।
हङकङका एहसान खानले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । पाकिस्तानलाई सुपर फोरमा स्थान बनाउन यो खेल जित्नुपर्ने हुन्छ । पाकिस्तान पराजित हुँदा भने सुपर फोरमा हङकङ पुग्नेछ । समूह ए बाट भारत दुबै खेलमा जितका साथ सुपर फोरमा स्थान बनाएको छ । समूह बी बाट अफगानिस्तान शीर्ष र श्रीलंका दोस्रो स्थानमा रहँदै सुपर फोरमा स्थान बनाएको छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]