default_image

3 years ago

September 3, 2022

नेपालको मध्यम सुरुवात

227 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दोस्रो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली केन्याविरुद्ध मध्यम सुरुवात गरेको छ । नैरोबीमामा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले सुरुवाती १७ ओभरमा १ विकेट गुमाउँदै ७५ रन बनाएको छ ।

नेपालका देव खनाल ५२ बलमा ४ चौकासहित ३७ रनमा अविजित छन् । ज्ञानेन्द्र मल्ल ३४ बलमा ४ चौकासहित २५ रनमा अविजित छन् । पहिलो विकेटका लागि ओपनर देव खनाल र अर्जुन साउदले ५.५ ओभरमा १९ रनको साझेदारी गरेका थिए । अर्जुन १६ बलमा ५ रन बनाउँदै आउट भए ।

तीन एकदिवसिय अभ्यास सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो । उक्त खेलमा आसिफ शेखले १ सय १० रनको शतकीय इनिङ खेलेका थिए । आसिफलाई विश्राम दिँदै नेपालले आज देव खनाललाई मौका दिएको छ । अन्तिम खेल सोमबार हुनेछ । पाँच टि२० आई खेलको सिरिज भने नेपालले ३–२ ले जितेको थियो ।

November 13, 2025

पारस सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसेडेर

काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्‌का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]

November 13, 2025

एनपिएल ‘डिशहोम गो’ मा हेर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको‌ सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]

November 13, 2025

समिर‌ लुम्बिनी लायन्सको आइकोनिक खेलाडी

भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]

Success

Thank you for your time.