default_image

3 years ago

September 5, 2022

आर्मी र पुलिस एकै समूहमा

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बिहीबारदेखि काठमाडौंमा सुरुहुने नवौं राष्ट्रिय खेलकुद क्रिकेट प्रतियोगितामा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब एकै समूहमा परेका छन् ।

कुल ११ टोली सहभागी प्रतियोगितामा दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश छन् । समूह बी मा एनआरएन, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश एक र एपिएफ छन् ।

पहिलो खेलमा बिहीबार टियु मैदानमा एनआरएन र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । टियुमा सोहि दिन दोस्रो खेलमा बागमती र प्रदेश एकबीच प्रतिस्पर्धा हुनेछ । उता मुलपानीमा बिहीबार पहिलो खेलमा मधेश प्रदेश र गण्डकी तथा दोस्रो खेलमा लुम्बिनी र कर्णालीबीच प्रतिस्पर्धा हुनेछ ।

भदौ २९ मा समूह चरणको अन्तिम खेलमा टियु मैदानमा आर्मी र पुलिसबीच प्रतिस्पर्धा हुनेछ । हरेक समूहका शीर्ष दुई दुई टोलीले सेमिmफाइनलमा स्थान बनाउनेछन् । सेमिफाइनल भदौ ३० र फाइनल भदौ ३१ मा हुनेछ ।

एनआरएनले पहिलो पटक क्रिकेटमा सहभागीता जनाउन थालेको हो । एनआरएनको कप्तानमा सुनाम गौतम, पृथु बाँस्कोटा र सागर पुन जस्ता खेलाडी रहेका छन् । बागमती र गण्डकी प्रदेशले टोली घोषणा गरेका छन् । केहि प्रदेश भने छनोटकै क्रममा छन् ।

खेल तालिका

November 13, 2025

पारस सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसेडेर

काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्‌का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]

November 13, 2025

एनपिएल ‘डिशहोम गो’ मा हेर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको‌ सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]

November 13, 2025

समिर‌ लुम्बिनी लायन्सको आइकोनिक खेलाडी

भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]

Success

Thank you for your time.