default_image

3 years ago

September 6, 2022

कोहली डक आउट

305 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका प्रमुख ब्याटर विराट कोहली टि२० एसिया कप २०२२ को सुपर फोर खेलमा श्रीलंकाविरुद्ध डक आउट भएका छन् ।


दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको भारतले ४ ओभरमा २ विकेट गुमाउँदै २२ रन बनाएको छ । रोहित शर्मा १० र सूर्यकुमार यादव ३ रनमा अविजित छन् ।

तीव्र गतिका बलर दिलशान मदुशनकाले तेस्रो ओभरको चौथो बलमा कोहलीलाई बोल्ड आउट गरे । कोहलीले यसअघि हङकङ र पाकिस्तानविरुद्ध लगातार अर्धशतक प्रहार गरेका थिए । कोहली चार बल खेलेपनि खाता खोल्न सकेनन् । दोस्रो ओभरको पाँचौं बलमा स्पिनर महेथ थिक्सनाले लोकेश राहुललाई ६ रनमा एलबीडब्लू आउट गरेका थिए ।

भारत पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । भारतलाई शीर्ष दुईमा रहँदै फाइनल खेल्न यो खेल जित्नै पर्ने हुन्छ । श्रीलंकाले सुपर फोरमा अफगानिस्तानलाई ४ विकेटले हराएको थियो । भारतले आजको खेलमा रवि विश्रोईको स्थानमा रविचन्द्रन आश्विनलाई मौका दिएको छ ।

November 13, 2025

पारस सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसेडेर

काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्‌का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]

November 13, 2025

एनपिएल ‘डिशहोम गो’ मा हेर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको‌ सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]

November 13, 2025

समिर‌ लुम्बिनी लायन्सको आइकोनिक खेलाडी

भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]

Success

Thank you for your time.