default_image

3 years ago

September 9, 2022

सन्दीप भन्छन्- ‘म निर्दोष छु, केहि दिनमा स्वदेश फर्कन्छु’

300 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्ट इन्डिजमा रहेका क्रिकेट खेलाडी सन्दीप लामिछाने बलत्कारको आरोप लागेपछि स्वदेश फर्कने भएका छन् ।

सामाजिक सञ्जालमा शुक्रबार एक पोष्ट राख्दै सन्दीपले भनेका छन्, ‘म निर्दोष छु र मलाई नेपालको नेपालको कानुनमा पूर्णत विश्वास छ । मैले सिपिएल छाड्ने निर्णय गरेको छु र म केहि दिनमा आफ्नो देश फर्कनेछु । म आधारहिन आरोपको सामना गर्न तयार छु । निर्दोषले न्याय पाउने छन् । यसमा संलग्न सबैको राम्ररी अनुसन्धान हुनेछ र कानुन सबैका लागि बराबर हुने विश्वास छ ।’
एक नाबालिग किशोरीले आफूलाई बलत्कार गरेको भन्दै सन्दीपविरुद्ध मंगलबार प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।त्यसको दुई दिनपछि बिहीबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको थियो । नेपाल क्रिकेट संघ (क्यान) को कार्यसम्पादन समितिले बिहीबार नै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरिसकेको छ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.