default_image

2 years ago

September 10, 2022

ज्ञानेन्द्र काठमाडौं गोर्खाजको मार्की खेलाडी

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको ड्राफ्टमा काठमाडौं गोर्खाजले मार्की खेलाडीको रुपमा नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई अनुबन्ध गरेको छ । पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा १५ लाखमा मार्की खेलाडी किनेका छन् ।

कान्तिपुर मिडिया ग्रुपको सामित्वमा रहेको काठमाडौं गोर्खाजले ज्ञानेन्द्रलाई ए ग्रेडबाट मार्की खेलाडीमा अनुबन्ध गरेको हो । ज्ञानेन्द्रले १५ लाख पाउनेछन् ।

ज्ञानेन्द्र नेपालका अनुभवी खेलाडी र कप्तान हुन् । ज्ञानेन्द्रले २०१९ देखि २०२१ सम्म नेपाली क्रिकेट टोलीको कप्तानी नै गरेका थिए । ज्ञानेन्द्र बागमती प्रदेशका कप्तान् समेत हुन् । यसअघि एभरेष्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियटर्स, धनगढी प्रिमियर लिगमा काठमाडौं गोल्डेन्स र पोखरा प्रिमियर लिगमा काठमाडौंकै कप्तानी गर्दै आएका थिए । ज्ञानेन्द्रको कप्तानीमा ललितपुरले २०१८ मा तेस्रो संस्करणको इपिएल जितेको थियो ।

उपाधि विजेता ललितपुर प्याट्रीयट्स

प्रमुख ब्याटर तथा कप्तान ज्ञानेन्द्रलाई किन्न ६ फ्रेन्चाइज नै इच्छुक देखिएका थिए । युवा ओपनर आसिफ शेखलाई पोखरा एभेन्चर्सले मार्की खेलाडीमा किनेको छ । पोखराले शरद भेषवाकरलाई पनि १५ लाखमै ए ग्रेडबाट अनुबन्ध गरेको छ । अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई लुम्बिनी अलस्टार्सले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।

अलराउन्डर करण केसीलाई फार वेस्टन युनाइटेड, रोहित कुमार पौडेललाई विराटनगर किंग्स र तीव्र गतिका बलर सोमपाल कामीलाई जनकपुर रोयल्सले मार्की खेलाडीमा अनुबन्ध गरेको छ ।

अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी, कुशल भुर्तेल र सुबास खकुरेल भने ए मा बिक्न सकेनन् । त्यसैले उनीहरु बी मा झरेका छन् । दोस्रो राउन्डको ड्राफ्ट आइतबार हुनेछ । दोस्रो राउन्डमा ९२ खेलाडी छन् । बी ग्रेडमा २४ र सी ग्रेडमा ३६ खेलाडी किन्नुपर्ने हुन्छ ।

नेपाल टि२० लिग आगमी असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२) सम्म आयोजना हुने यसअघि नै सार्वजनिक भएको थियो । प्रतियोगिता होम तथा अवेका रुपमा गरि डबल राउन्ड रोबिनको आधारमा हुनेछ । खेल दिउँसो हुनेछ ।

प्रतियोगितामा ए ग्रेडमा रहेका खेलाडीले १५ लाख, बी ग्रेगमा रहने खेलाडीले १० लाख र सी ग्रेडमा रहने खेलाडीले ५ लाख रुपैयाँ न्यूनतम पाउने छन् । एक टोलीमा ११ नेपाली खेलाडी र ५ विदेशी खेलाडी रहनुपर्छ । ड्राफ्टमा नाम भने १ हजार भन्दा बढीले भोरेका थिए ।

May 17, 2024

नेपालको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्ध लगातार दोस्रो जित दर्ता गरेको छ । पार्क हिल मैदानमा भएको दोस्रो खेलमा नेपाल ४९ रनले विजयी भएको हो । नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको घरेलु टोली १८.४ ओभरमा १३० रनमा समेटियो । नेपालको जितमा कुशल […]

May 17, 2024

नेपालले अमेरिका र क्यानडाविरुद्ध विश्वकप वार्म-अप खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – आईसिसी टि-२० विश्वकप अघि नेपालले खेल्ने आधिकारिक वार्म-अप खेलको तालिका सार्वजनिक भएको छ । नेपालले दुई एसोसिएट राष्ट्र अमेरिका र क्यानडा विरुद्ध वार्म अप खेल खेल्ने भएको हो । नेपालले दुवै खेल टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा खेल्नेछ । नेपालले २७ मेमा क्यानडा विरुद्ध खेल्नेछ भने ३० मेमा अमेरिकाको सामना […]

May 16, 2024

गुजरातविरुद्ध खेल रद्द, हैदराबाद प्लेअफमा पुग्ने तेस्रो टोली

एजेन्सी – सनराईजर्स हैदराबाद जारी इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ । गुजरात टाईटन्स विरुद्धको बिहीबारको खेल वर्षाका कारण टस नै नभई रद्द भएपछि हैदराबाद प्लेअफमा पुग्ने पक्का भएको हो । तेस्रो स्थानमा रहेको हैदराबाद १३ खेलमा १५ अंक भएको छ । दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सको १३ खेलमा १६ […]

Success

Thank you for your time.