3 years ago
September 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगमा ए ग्रेडमा विकेटकिपर विनोद भण्डारीसहित पाँच खेलाडी बिक्न सकेनन् । शनिबार पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा ६ मार्की खेलाडी किनेका छन् । मार्की बाहिर पोखराले ए ग्रेडकै शरद भेषावकरलाई किनेको छ । ए ग्रेडका खेलाडीलाई १५ लाखमा अनुबन्ध गरेका हुन् ।

ड्राफ्टमा ए ग्रेडमा कुल १२ खेलाडीले भोरेका थिए । विकेटकिपर विनोद भण्डारी, अलराउन्डर आरिफ शेख, कुशल भुर्तेल, विकेटकिपर सुबास खकुरेल र तीव्र गतिका बलर अभिनाश बोहराले १५ लाखको ग्रेड ए मा नाम दर्ता गराएका थिए । तर उनीहरुलाई कुनैपनि फ्रेन्चाइज टोलीले रुचि देखाएनन् ।
ए ग्रेडमा अनुबन्ध नभएपछि उनीहरु बी ग्रेडमा झरेका छन् । बी ग्रेडका खेलाडीहरुले भने १० लाख पाउनेछन् । यी खेलाडीमा बी मा नबिकेको खण्डमा सी मा भने झर्ने छैनन् । यी पाँच खेलाडीलाई अव १० लाखमै किन्नुपर्ने हुन्छ । बी मा भरेका खेलाडी नबिकेको खण्डमा सी मा झर्न सक्छन् ।
पोखरा एभेन्चर्सले विकेटकिपर आसिफ शेखलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ । १५ लाखमै पोखराले शरद भेषवाकरलाई पनि अनुबन्ध गरेको छ । काठमाण्डु कान्तिपुरले ज्ञानेन्द्र मल्ललाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ । अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई लुम्बिनी अलस्टार्सले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।

अलराउन्डर करण केसीलाई फार वेस्टन युनाइटेड, रोहित कुमार पौडेललाई विराटनगर किंग्स र तीव्र गतिका बलर सोमपाल कामीलाई जनकपुर रोयल्सले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ । दोस्रो राउन्डको ड्राफ्ट आइतबार हुनेछ ।
दोस्रो राउन्डमा ९२ खेलाडीबाट अनुबन्ध गर्नुपर्ने हुन्छ । जसमध्य ७ खेलाडी ए ग्रेडमा बिकेका छन् । बी ग्रेडमा २४ र सी ग्रेडमा ३६ खेलाडी अनुबन्ध हुनेछन् । एक फ्रेन्चाइज टोलीले बी बाट ४ र सी बाट ६ खेलाडी अनुबन्ध गर्न पाउँछन् ।
नेपाल टि२० लिग आगमी असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२) सम्म आयोजना हुँदैछ । प्रतियोगिता होम तथा अवेका रुपमा गरि डबल राउन्ड रोबिनको आधारमा कीर्तिपुर मैदानमा हुनेछ ।
प्रतियोगितामा ए ग्रेडका खेलाडीले १५ लाख, बी ग्रेडका १० लाख र सी ग्रेडका ५ लाख रुपैयाँ पाउने छन् । एक टोलीमा ११ नेपाली खेलाडी र ५ विदेशी खेलाडी राख्दै टिम निर्माण गर्नुपर्ने हुन्छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]