3 years ago
September 12, 2022
एजेन्सी – श्रीलंकाले आठ वर्षपछि छैटौं एसिया कप तथा अन्तर्राष्ट्रिय उपाधि जितेको छ । फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंकाले २०१४ पछि एसिया कपको उपाधि जितेको हो । श्रीलंकाले २०१४ को एसिया कप र टि२० विश्वकपपछि पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेको हो ।

भारतले सर्वाधिक ७ पटक एसिया कप जितेको छ । श्रीलंकाले ६ र पाकिस्तानले दुई पटक उपाधि जितेको छन् । श्रीलंकाले पहिलो पटक सन् १९८६ मा पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि जितेको थियो । १९९७ मा भारतलाई फाइनलमा ८ विकेटले हराउँदै जितेको थियो ।
२००४ र २००८ मा भारतलाई नै लगातार हराउँदै उपाधि जितेको थियो । पछिल्लो पटक २०१४ को एसिया कपमा पाकिस्तानलाई नै ५ विकेटले हराउँदै उपाधि जितेको थियो ।
श्रीलंकाले २०१४ को टि२० विश्वकपको फाइनलमा भारतलाई ६ विकेटले हराउँदै च्याम्पियन बनेको थियो । त्यसपछि भने अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकाले लगातार खराब प्रदर्शन गर्दै आएको थियो । २०१५ को एकदिवसिय विश्वकपमा क्वाटरफाइनल र २०१९ को एकदिवसिय विश्वकपमा श्रीलंका पहिलो चरणबाटै बाहिरिएको थियो ।
२०१६ र २०२१ को टि२० विश्वकपमा पनि श्रीलंका दोस्रो चरणबाटै बाहिरिएको थियो । एसिया कप २०१६ र २०१८ मा पनि श्रीलंका खराब प्रदर्शन गर्दै बाहिरिएको थियो ।

आइतबार राती जितको लागि १ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय ४७ रन बनायो । पाकिस्तानका मोहम्मद रिजवानले ४९ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५५ रनमा आउट भए । इफ्तिखार अहमदले ३२ रन बनाए । अन्य कुनैपनि ब्याटरले सम्झन लायक प्रदर्शन गर्न सकेनन् ।
श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । प्रमोद मदुशनले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए । चामिका करुणारत्ने दुई र महेथ थिक्सेनाले एक विकेट लिए ।
त्यसअघि दुबई इन्टरनेशल स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७० रन बनायो । श्रीलंकाका भानुका राजपक्षे ४५ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७१ रनमा अविजित रहे । राजपक्षेले १८ औं ओभरको चौथो बलमा ब्यक्तिगत ४६ रनमा शादब खानले क्याच ड्रप गर्दा जीवनदान पाएका थिए ।
वानिन्दु हसरंगा २१ बलमा ५ चौका र १ छक्कासहित ३६ रनमा आउट भए । एक समय ५८–५ को खराब अवस्थामा पुगेको श्रीलंकालाई छैटौं विकेटका लागि राजपक्षे र हसरंगाले ३६ रनमा ५८ रनको साझेदारी गर्दै उत्कृष्ट पूनरागन गराएका थिए । पाकिस्तानका तीव्र गतिका हरिस रौफले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]