default_image

3 years ago

September 12, 2022

दीपेन्द्रले पहिलो पटक कप्तानी गर्दै

281 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पहिलो पटक नेपाल पुलिस क्लबको कप्तानी गरेका छन् । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता पुलिसले लुम्बिनी प्रदेशविरुद्ध नियमित मञ्जितलाई बेन्चमा राखेर दीपेन्द्रलाई कप्तानी दिएको हो ।

नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । राष्ट्रिय प्रतियोगितामा पुलिसले पहिलो पटक मञ्जितलाई बेन्चमा राख्दै दीपेन्द्रलाई कप्तानी दिएको हो । दीपेन्द्रले पहिलो पटक पुलिसको कप्तानी गरेका हुन् ।

पुलिसले आजको खेलमा मञ्जितलाई बेन्चमा राख्दा तीव्र गतिका बलर राशिद खानलाई मौका दिएको छ । अन्य परिवर्तन भने गरेको छैन । पुलिसले कर्णाली प्रदेशलाई ९ विकेटले हराएको थियो । लुम्बिनी भने पहिलो जितको खोजीमा हुनेछ ।

पुलिसको प्लेइङ ११ :
दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, सागर ढकाल, गुलशन झा, ललितनारायण राजवंशी, करण केसी, सुनिल धमला, पवन सरार्फ, दीलिप नाथ (विकेटकिपर) र राशिद खान ।

लुम्बिनी प्रदेशको प्लेइङ ११ :
कृष्ण कार्की (कप्तान), सौरभ खनाल, अनिल खरेल, सन्दीप रजाली, दीपेन्द्र रावत, विशाल विक्रम केसी, देव खनाल, तुलबहादुर थापा, बसिर अहमद, प्रज्वल थापा र नर बहादुर सार्की ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.