default_image

2 years ago

October 17, 2022

रुपन्देहीद्धारा वार्षिक क्यालेन्डर सार्वजनिक

205 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जिल्ला क्रिकेट संघ रुपन्देहीले वार्षिक क्यालेन्डर २०७९/८० को सार्वजनिक गरेको छ । नेपाली घरेलु क्रिकेटको उदाहरणीय जिल्ला रुपन्देहीले आफ्नो दबदबा राख्दै लगातार राम्रो प्रदर्शन गर्दै आएको छ । रुपन्देहीले ग्रासरुट, उमेर समूह, महिला क्रिकेट, सिनियर टोली सबैलाई लक्षित गर्दै २०७९/८० को क्यालेन्डर सार्वजनिक गरेको छ ।

रुपन्देहीले यो पटक महिला क्रिकेटलाई पनि त्यतिनै प्राथमिकता राखेको छ । त्यसको लागि पहिलो पटक सिद्धार्थ उप–मेयर कपमा लुम्बिनीका चार जिल्लाबीच प्रतिस्पर्धा गर्नेछ । त्यस्तै एकेडेमी कपको अवधाराणा पनि लिएको छ । सबै प्रतियोगिता सिद्धार्थ रंगशालामा हुनेछ । सिद्धार्थ रंगाशामा पिच मर्मतको काम पनि अन्तिम चरणमा पुगेको छ ।

संघले रुपन्देही सुपर लिगलाई पहिलो प्राथमिकतामा राखेको छ । क्रिकेट प्रतियोगिता र समग्र गतिविधिका लागि रुपन्देही उदाहरणीय जिल्ला हो । त्यसैले पनि घरेलु क्रिकेटमा रुपन्देहीका खेलाडीको बाहुल्यता छ । पछिल्लो समय मात्र लुम्बिनी प्रदेशले गतवर्ष यू–१९ राष्ट्रिय प्रतियोगिता जितेको थियो ।

रुपन्देहीले गतवर्ष भैरहवामा भएको प्रो क्लब च्याम्पियनसिपमा मलेसियाको सिनियर टोलीलाई दुई पटक, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीलाई हराउँदै उपाधि जितेको थियो ।

रुपन्देही बलियो हुनु र खेलाडी उत्पादन हुनुमा रुपन्देही सुपर लिग प्रमुख आधार हो । २०५३ सालदेखि रुपन्देही सुपर लिग हुँदै आएको छ । क्यान निलम्बन हुँदा पनि रुपन्देहीले सुपर लिग रोकिएको थिएन । अहिले रुपन्देही सुपर लिगमा ए डिभिजन र बी डिभिजन गरि कुल २० क्लब छन् ।

जिल्लाको प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन गरेका छ । राम्रो प्रदर्शन गर्ने शीर्ष चार टोली ए डिभिजनमा बढुवा र कमजोर प्रदर्शन टोली बी डिभिजनमा घटुवा हुन्छन् । रुपन्देही सुपर लिग पुष पहिलो सातादेखि गर्ने जनाएको छ । खेल ५० ओभरको नै हुनेछ ।

रुपन्देहीले महिला क्रिकेटको लागि सिद्धार्थ नगर उप–मेयर कप २०७९ आयोजना गर्ने भएको छ । जसमा लुम्बिनीका चार जिल्ला रुपन्देही, परासी, बाँके र दाङ रहनेछन् । उक्त प्रतियोगिता आगमी माघ चौथो साता आयोजना गर्नेछ ।

रुपन्देही जिल्ला क्रिकेट संघका सचिव तथा अन्तर्राष्ट्रिय अम्पायर सन्जय गुरुङले ग्रासरुट विकास गर्न सबै जिल्लाले आफैं काम गर्नुपर्ने बताउँछन् । रुपन्देही घरेलु क्रिकेटमा खेलाडीलाई सर्वाधिक ब्यस्त राख्ने खेलाडी हो । नयाँ नेतृत्व आएको तीन वर्ष भन्दा बढी समय हुादा क्यानले भने हालसम्म वार्षिक क्यालेन्डर सार्वजनिक गर्न सकेको छैन ।

रुपन्देही जिल्ला क्रिकेट संघको वार्षिक क्यालेन्डर २०७९÷८० :

१. जिल्ला स्तरिय अन्तर स्कुल क्रिकेट प्रतियोगिता टि२० शैलीमा कार्तिक दोस्रो सातादेखि गर्ने तयारी गरेको छ । जसमा १६ देखि–२० स्कुल सहभागी हुने अनुमान गरेको छ । स्कुल क्रिकेट नै ग्रास रुट विकासको प्रमुख आधार हुँदा प्राथमिकतामा राखेको छ ।

२. प्रिसिडेन्ट कप मंसिर पहिलो साता आयोजना गर्ने तयारी छ । खे थ्री डे को हुनेछ । थ्री डे क्रिकेट रुपन्देहीले दोस्रो पटक आयोजना गर्न लागेको हो । जुन प्रतियोगितामा रुपन्देही सुपर लिग च्याम्पियन २०७८ को विजेता मेलबर्न क्रिकेट क्लब र रेष्ट रुपन्देहीबीच प्रतिस्पर्धा हुनेछ ।

३ . जिल्ला स्तरिय अन्तर कलेज प्रतियोगिता मंसिर दोसो साता हुने सम्भावना छ । जसमा १६ कलेज सहभागी हुने अनुमान छ ।

४. रुपन्देही सुपर लिग पुष पहिलो सातादेखि गर्ने तयारी छ । जसमा २० टोली सहभागी हुनेछन् ।

५.सिद्धार्थनगर मेयर माघ दोस्रो साता गर्ने तयारी गरेको छ । टि२० शैलीको यो प्रतियोगिता १६ टोली सहभागी हुनेछन् ।

६. सिद्धार्थनगर उप मेयर्स कप महिला प्रतियोगितामा रुपन्देही, परासी, दाङ र बाँके छन् । प्रतियोगिता माघ चौथो साता देखिसुरु हुनेछ ।

७. रुपन्देही च्यालेन्जर ट्रफी एकदिवसिय शैलीमा डबल राउन्ड रोविनको आधारमा फागुन दोस्रो साता गर्नेछ । जसमा रुपन्देही सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने ४५ खेलाडी सहित तीन टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

८.संघले पहिलो पटक ५० ओभरको शैलीमा एकेडेमी कप गर्ने भएको छ । यस प्रतियोगितामा एक टोलीमा कम्तिमा ९ खेल खेल्न पाउनेछन् । संघले उमेर समूहका यू–१६ र यू–२१ का पाँच पाँच खेलाडी अनिवार्य राख्नु पर्ने जनाएको छ । यसले ग्रासरुटमा अझ विकास गर्नेछ ।

९.महिला खेलाडीलाई विकास गर्न पहिलो पटक हाइ प्रोफेन्स क्याम्प राख्ने भएको छ । जसमा २० देखि ३० खेलाडी हुनेछन् । जसको मिति भने पछि नेपाली महिला क्रिकेट टोलीको क्वालेन्डरमा निर्भर पर्नेछ ।

यो पनि पढ्नुहोस् : जिल्ला र प्रदेश क्रिकेट : सम्भावना टन्न, योजना शून्य

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.