3 years ago
November 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टि२० लिगको फ्रेन्चाइज टोली काठमाडौं गुर्खाज प्रतियोगिताबाट बाहिरिएको छ । कान्तिपुर मिडिया ग्रुपको स्वामित्वमा रहेको काठमाडौंले नाम फिर्ता लिएको क्यानले आधिकारीक रुपमा जनाएको छ ।

प्रतियोगिता मंसिर २६ देखि पुष १६ (डिसेम्बर १२ देखि ३१) टियु क्रिकेट मैदानमा हुनुपर्ने हो । तर नेपाल टि२० लिग सुरु हुन दुई साता बाँकी रहेको अवस्थामा तयारी हेर्दा प्रतियोगिता नै नहुने उच्च सम्भावना देखिन्छ ।
क्यानका कार्यवाहक सचिव तथा नेपाल टि२० लिगका गर्भनिङ काउन्सिलका अध्यक्ष प्रशान्त मल्लले एक साता सर्न सक्ने बताए । ‘हाम्रो प्रयास त्यहि मितिमा गर्नेछ । हैन भने हामीले आइसिसीबाट एक हप्ता थप्छौं । अरु सबै तयारी भएको थियो । काठमाडौं आधिकारीक रुपमै बाहिरिएको हो’, प्रशान्तले हाम्रो खेलकुदसँग भने ।
‘हाम्रो सबै तयारी भएको छ । काठमाडौंको ठाउँमा अर्को फ्रेन्चाइज आउँछ अनि हुन्छ । एक हप्तापछि सर्न सक्छ’, मल्लले भने ।
काठमाडौं फ्रेन्चाइजकी सिइओ भावना घिमिरेले यो मालिकहरुको कुरा हुँदा आफू बोल्न नमिल्ने बताइन् । नेपाल टि२० लिगमा काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड छन् । कान्तिपुर र पोखरा मात्रै नेपाली मालिकको स्वामित्वमा भएका फ्रेन्चाइज टोली हुन् ।
नेपाल टि२० लिग गत असोजबाट सरेको थियो । यसअघि गत असोजमा हुने भनिएपनि निर्वाचनको कारण सुरक्षाको कारण देखाउँदै स्थगित भएको थियो । क्यानले सुरक्षाको वहाना देखाएपनि कमजोर तयारीको कारण सरेको थियो ।
कान्तिपुरले विदेशी खेलाडी श्रीलंकाका थिसरा परेरा, कामिन्दु मेन्डिस, धनन्जय डि सिल्भा, दर्शनप्रिय विराकोडी र मलेसियाका विरनदीप सिंहलाई अनुबन्ध गरेको थियो । तर नेपाल टि२० सरेपछि कान्तिपुरले अन्य खेलाडीलाई अनुबन्ध गर्न प्रयास गरेको थियो ।
नेपाल टि२० लिग सुरु हुन दुई साता बाँकी रहँदा तयारी भने सुनसान जस्तै छ । नेपाल टि२० लिग विवादै विवादले घेरिएको छ । त्यसैको कारण फ्रेन्चाइज टोलीले नाम फिर्ता लिन थालेका हुन् ।
एभरेष्ट प्रिमियर लिग (इपिएल) ले क्यान र भारतीय कम्पनीबीच भएको सम्झौता नेपालको कानुन विपरित रहेको र यो प्रक्रिया पारदर्शी नभएको जनाएको छ ।
यसैको विरुद्धमा इपिएल र सहभागी टोलीले प्रतियोगिता आयोजना गर्न दिएको निर्णय तत्काल रोक्का गर्न (स्टे अर्डर) को मागसहित गत जेठमा सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।
उक्त मुद्दामा फैसला यसै साता भित्र हुने इपिएल संचालक आमिर अख्तरले दाबी गर्दै आएका छन् । तर मुद्दाको पेशी भने ६ महिना पछि धकेलिएको स्रोतले बताउँछ ।
क्यानले विना खुल्ला प्रतिस्पर्धा विना सेभेन थ्री स्पोर्ट्सलाई नेपाल टि२० लिग आयोजना अधिकार ८ वर्षका लागि ३३ करोडमा बेचेको थियो ।
काठमाडौंको टोली :
ज्ञानेन्द्र मल्ल, लोकेश बम, बसिर अहमद, कमलसिंह ऐरी, अभिनाश बोहरा, अनिल खरेल, सौरभ खनाल, सन्दीप रजाली, सन्तोष कार्की, सुनाम गौतम र गौतम केसी
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]