3 years ago
December 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – वेस्टइन्डिजका अनुभवी ब्याटर चाडविक वाल्टनले अर्को साता देखि टियु क्रिकेट मैदानमा हुने नेपाल टि२० लिग जनकपुर रोयल्सबाट खेल्ने भएका छन् ।

३७ वर्षीय वेस्टइन्डिज ब्याटर वाल्टनले सम्झौता गरेको जनकपुरले जनाएको छ । उनले वेस्टइन्डिजबाट दुई टेस्टमा १३ रन, ९ ओडिआईमा ५३ रन र १९ टि२० खेलमा २ सय २५ रन बनाएका छन् ।
वेस्टइन्डिजको टोलीमा खराब प्रदर्शनको कारण उनी लामो समय देखि टोलीमा छैनन् । उनले अन्तिम पटक वेस्टइन्डिजबाट २०१८ मा बंगलादेशविरुद्ध खेलेका थिए ।
वेस्टइन्डिजको टोलीमा प्रदर्शन खराब रहेपनि उनी विदेशी लिगमा राम्रो गर्दै आएका छन् । ‘जनकपुरको टोलीमा हुँदा म निकै उत्साहित छु । नेपाल आएर राम्रोे क्रिकेट खेल्न आतुर छु’, वाल्टनले भनेका छन् ।
जनकपुरको मार्की खेलाडीमा सोमपाल कामी र मुख्य प्रशिक्षकमा उमेश पटवाल छन् । सोमपालसँगै टोलीमा सन्दीप जोरा, मोहम्मद आदिल आलम, दीलिप नाथ, ललितनारायण राजवंशी, सुशन भारी, सागर पुन, पवन सरार्फ, जितेन्द्र मुखिया, खडक बोहरा र राजेश पुलामी मगर छन् । जनकपुरले पहिलो खेल २४ डिसेम्बरमा पोखरसँग खेल्नेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]