default_image

3 years ago

December 20, 2022

सोमपाल जनकपुरको उपकप्तान

236 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामी नेपाल टि२० लिगको फ्रेन्चाइज टोली जनकपुर रोयल्सको उपकप्तान हुने भएका छन् । मार्की खेलाडीको रुपमा रहेको जनकपुरले सोमपाललाई उपकप्तानको जिम्मेवारी दिएको छ ।

जनकपुरको कप्तान भने वेस्टइन्डिजका ट्रेभोन ग्रिफिथ रहने भएका छन् । जकपुरले आफ्नो जर्सी, कप्तान र विदेशी खेलाडी सार्वजनिक गरेको छ । ३१ वर्षीय शीर्षक्रमका ब्याटर ट्रेभोेनले हालसम्म वेस्टइन्डिजको टोलीबाट भने खेलेका छैनन् । वेस्टइन्डिजबाट घरेलु क्रिकेट खेल्ने उनले २१ प्रथम श्रेणी, ३४ लिष्ट ए र १८ टि२० खेल खेलेका छन् ।

जनकपुरका मुख्य प्रशिक्षक उमेश पटवालले टोलीमा रहेका खेलाडीमा उत्कृष्ट विकल्प ट्रेभोन रहेको हुँदा कप्तानी दिएको बताए । ‘हामीले अनुभव हेर्दा उनी उत्कृष्ट छन् । उनी उत्कृष्ट विकल्प हुँदा कप्तानमा नियुक्त गरेका हौं’, पटवालले भने ।

सोमपाल टोलीका उत्कृष्ट विकल्प होइनन् भन्ने प्रश्नमा पटवालले भने ‘पक्कैपनि उनी टोलीका उपकप्तान हुन् । यसले विदेशी खेलाडी र स्वदेशी खेलाडीबीच राम्रो सन्तुलन हुन्छ । नेपाली खेलाडी (लोकल) बारे सोमपाललाई थाहा छ । उनले कप्तानीमा सहयोग गर्नेछन् । मैदानमा सोमपाल र ट्रेभोन मिलेर निर्णय लिनेछन् ।’

सोमपालको कप्तानीमा चितवन टाइगर्सले गतवर्ष एभरेष्ट प्रिमियर लिग (इपिएल) को उपाधि जितेको थियो । २०१८ मा सोमपाल कै नेतृत्वमा धनगढी प्रिमियर लिगमा धनगढी टिम चौराहले जितेको थियो ।

मार्की खेलाडी समेत हुँदा सोमपाललाई कप्तानी दिने अनुमान गरिएको थियो । तर वेस्टइन्डिजको खेलाडीलाई दिएको छ । नेपाल टि२० लिग शुक्रबारदेखि काठमाडौंमा सुरु हुनेछ ।

जनकपुरको टोली :

सोमपाल कामी, सन्दीप जोरा, मोहम्मद आदिल आलाम, दीलिप नाथ, ललित नारायण राजवंशी, सुशन भारी, सागर पुन, पवन सरार्फ, जितेन्द्र मुखिया, खडक बोहरा, राजेश पुलामी, चाडविक वाल्टन, ट्रेभोन ग्रिफिथ, केस्रिक विलियम्स, अशान प्रियान्जन, शराफुद्दीन अशरफ र सामिउल्लाह शिनवारी ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.