default_image

3 years ago

December 21, 2022

राष्ट्रिय टोलीका कप्तान रोहित फ्रेन्चाइजमा उपकप्तान

259 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र जिम्वावेका स्टार अलराउन्डर सिकन्दर राजालाई छाडेर विराटनगर सुपर किंग्सले वेटइन्डिजका आन्द्रे म्याकार्थीलाई कप्तान बनाएको छ।

नेपाल टि२० लिगको फ्रेन्चाइज टोलीले बुधबार जर्सी, कप्तान र उपकप्तान सार्वजनिक गरेको छ । जसमा राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेललाई उप–कप्तान बनाएको छ । विश्व क्रिकेटका एक उत्कृष्ट अलराउन्डर सिकन्दर राजा र रोहितलाई छाडेर आन्द्रेलाई कप्तान बनाएको हो ।

३५ वर्षीय आन्द्रले वेस्टइन्डिजबाट मात्रै दुई ओडिआई र एक टि२० आई खेल खेलेका छन् । मध्यक्रमका ब्याटर उनले ओडिआईमा १२ र टि२० आईमा पाँच रन बनाएका छन् ।

रोहित टोलीमा मार्की खेलाडी थिए । रोहितको कप्तानीमा नेपालले अघिल्लो महिना युएईसँग तीन ओडिआई खेल र आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबिया भ्रमणमा चार खेल खेलेको थियो ।

आन्द्रे म्याकार्थी, सिकन्दर राजा, केओन जोशेफ, राज रक्की नन्नन, भारतीय मुलका अमेरिकी खेलाडी गौरांन्शु शर्मा र पाकिस्तानी अलराउन्डर हुसेन तालत विदेशी खेलाडीको रुपमा छन् ।

नेपाल टि२० लिग शुक्रबार देखि टियु क्रिकेट मैदानमा सुरु हुनेछ । ६ फ्रेन्चाइज टोली सहभागी प्रतियोगिता डबल राउन्ड रोविनको आधारमा हुनेछ । राजा विराटनगरमा भएका सबैभन्दा ठूला नामका खेलाडी हुन् । विराटनगरले पहिलो खेल शनिबार लुम्बिनी अल स्टार्ससँग खेल्दै सुरुवात गर्नेछ ।

विराटनगर सुपर किंग्सको टोली :

रोहित कुमार पौडेल (उप-कप्तान), अर्जुन साउद (विकेटकिपर), नन्दन यादव, विवेक यादव, साहब आलम, अमरसिंह राउटेला, नारायण जोशी, सूर्य तामाङ, प्रदीप ऐरी(विकेटकिपर), पृथु बाँस्कोटा, रिजन ढकाल, सिकन्दर राजा (जिम्बावे), हुसन तालत (पाकिस्तान) आन्द्रे म्याकार्थी ( कप्तान/वेस्टइन्डिज) गौरान्शु शर्मा(अमेरिका), राज रोक्की (वेस्टइन्डिज) र केओन जोशेफ (वेस्टइन्डिज) ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.