3 years ago
January 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान पारस खड्काले नेपाल टि२० लिगमा स्पोट फिक्सिङ जस्तो गम्भीर अपराधको खबरले स्तब्ध बनाएको बताएका छन् ।

नेपाल टि२० लिगमा म्याच फिक्सिङको प्रस्ताव आएको सार्वजनिकसँगै पारसले सामाजिक सञ्जालमार्फत उक्त प्रतिक्रिया हुन् ।’नेपाल क्रिकेटले विभिन्न अध्याय, संघर्ष र खुड्कीलाहरु पार पर्दै राम्रो स्वरुप लिनेक्रम जारी थ्यो । यो अनवरत यात्रा र उतारचडावकैबीच नेपाल टि२० लिगमा स्पोट फिक्सिङ जस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनाएको छ’, पारसले सामाजिक सञ्जालमा लेखेका छन् ।
त्यसैमा थपेका छन्, ‘खेलाडीहरुको वर्षौदेखिको लगाव, खेलप्रेमीहरुको निःस्वार्ध प्रेम र यस खेलमा समर्पित सरोकाररवालहरुको विश्वासलाई यस घटनाले यो खेलसँग सम्बिन्धित सबैलाई चोट पुर्याएको छ । यो अपराधको निष्पक्ष छानविन गरेर दोषीलाई कडार कारबाहि गरियोस् ।’

मंगलबार काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले नेपाल टि२० लिगमा आफ्ना एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको र यसबारे एन्टी करप्सन युनिट (एसियु) लाई जानकारी दिएको बताएका थिए ।
नेपाल टि२० लिगमा खेल मिलेमतो (म्याच फिक्सिङ) बारे प्रश्न उठेपछि गृह मन्त्रालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई छानविनका लागि निर्देशन दिएको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]