3 years ago
January 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सका कप्तान दीपेन्द्रसिंह ऐरीले आफ्नो टोलीमा म्याच फिक्सिङको कुनैपनि प्रस्ताव नआएको र खेलाडीको पारिश्रमिकबारे पनि कुनै समस्या नभएको बताएका छन् ।

नेपाल टि२० लिगमा सहभागी खेलाडीलाई खेल मिलेमतोको प्रस्ताव आएको र एन्टी करप्सन युनिटले कारवाही अघि बढाएपछि दीपेन्द्रले मंगलबार खेलपछि जानकारी दिए । ‘हाम्रो टिममा त्यस्तो, हामी एउटा अलग होटलमा बसेका छौं । त्यस्तो केहिपनि थाहा छैन । हाम्रो टिममा कुनैपनि प्रस्ताव पनि आएको छैन । अरु टिमको के कस्तो हो त्यो मलाई थाहा छैन’, दीपेन्द्रले भने ।
मंगलबार बिहान काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेल खेलाडीले पारिश्रमिक नपाएको कारण समयमै सुरु हुन सकेन । निर्धारित समय भन्दा दुई घण्टापछि ढिलो सुरु भएको थियो । खेलपछि ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका एक खेलाडीलाई फिक्सिङको कुनै प्रस्ताव आएको र एन्टि करप्सन युनिटलाई जानकारी दिएको जनाएका थिए ।
दीपेन्द्रले आफ्नो टिममा खेलाडीको पारिश्रमिकबारे कुनै समस्या नभएको समेत बताए । ‘हाम्रो टिममा त्यस्तो कुनै खबर आएको छैन । त्यस्तो समस्या हुन्छ भनेर हामीले सोचेका पनि छैनौं । हेरौं अगाडि के हुन्छ’, पारिश्रमिकबारे दीपेन्द्रले भने ।
जनकपुर रोयल्सलाई लुम्बिनीले पाँच रनले हराउँदै शीर्ष स्थान लगभग पक्कापक्की गरेको छ । अन्तिम बलमा जनकपुर रोयल्सलाई ६ रन चाहिँदा क्रिजमा चाडविक वाल्टन थिए । किशोरले योर्कर फ्याँल्दै जित पक्का गराए । दीपेन्द्रले आफ्नो योजना नै योर्कर फाल्ने रहेको बताए ।
लुम्बिनी ८ खेलमा ७ मा जित र १ मा हारसहित १४ अंकका साथ शीर्ष स्थानमा छ । बाँकी दुवै खेलमा पराजित हुँदा पनि टोली शीर्ष दुईमा रहने पक्कापक्की छ । लुम्बिनी लिगमा पोखरासँग ९ विकेटले पराजित भएको थियो । टोलीले अन्य सबै खेल जितेको छ । अब लुम्बिनीले काठमाडौं र जनकपुरसँग खेल्न बाँकी छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]