default_image

3 years ago

January 4, 2023

काठमाडौंलाई लुम्बिनीको विशाल लक्ष्य

223 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा काठमाडौं नाइट्सलाई १ सय ८४ रनको विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी अल स्टार्सले निर्धारित १७ ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रन बनायो ।

काठमाडौं नाइट्स समयमै नआएपछि टस ढिलो हुँदा खेल १७ ओभरमा झारिएको थियो । लुम्बिनीका ओपनर हरमीत सिंहले ३६ बलमा २ चौका र ८ छक्कासहित सर्वाधिक ७० रन बनाए । हरमीतको यो लगातार दोस्रो अर्धशतक हो । हरमीतले जनकपुर रोयल्सविरुद्ध ७३ रन बनाएका थिए ।

अर्का ओपनर लाहिरु मिलान्था २९ बलमा २ चौका र १ छक्कासहित २६ रनमा आउट भए । गुलशन झा ११ बलमा १ चौका र २ छक्कासहित २१ रनमा बोल्ड आउट भए ।

कुशल भुर्तेल १० बलमा १ चौका र १ छक्कासहित १५ र दीपेन्द्रसिंह ऐरी शून्यमा आउट भए । ह्यारी टेक्टर ८ बलमा २ छक्कासहित १७ रनमा आउट भए । अनिलकुमार शाह ५ बलमा २ चौका र १ छक्कासहित १६ र विपुल शर्मा ५ रनमा अविजित रहे ।

काठमाडौंका तीव्र गतिका बलर अभिनाश बोहराले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । बसिर अहमदले २ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । अनिल खरेलले एक विकेट लिए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.