3 years ago
January 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा काठमाडौं नाइट्समाथि १ सय २ रनको सानदार जित निकाल्दै क्वालिफायरमा स्थान पक्का गरेको छ । आठौं जितसँगै लुम्बिनी अल स्टार्स नेपाल टि२० लिगमा शीर्षस्थानमा रहँदै क्वालिफार खेल्ने पक्का भएको हो ।

जितको लागि १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौं नाइट्स १५.४ ओभरमा ८१ रनमा अल आउट भयो । काठमाडौंका बसिर अहमदले ३० बलमा १ चौकासहित सर्वाधिक २२ रनमा रन आउट भए ।
कमलसिंह ऐरीले ११ बलमा २ छक्कासहित १६ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल ९ बलमा १ चौका र १ छक्कासहित १५ रनमा आउट भए । लोकेश बमले २१ बलमा १५ रन बनाए । काठमाडौंका सात खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
विरनदीपसिंह ४, सुनम गौतम १, एलेक्स ब्लेक ६, सन्दीप रजाली डक र सौरभ खनाल दुबै डक आउट भए ।

लुम्बिनीका ह्यारी टेक्टरले ३ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेलले ३ ओभरमा १ मेडनसहित १० रन खर्चेर २ विकेट लिए । ईशान पाण्डे ३.५ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । किशोर महतो, विपुल शर्मा हरमीत सिंहले एक एक विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी अल स्टार्सले निर्धारित १७ ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रन बनायो । काठमाडौं नाइट्स समयमै नआएपछि टस ढिलो हुँदा खेल १७ ओभरमा झारिएको थियो ।
लुम्बिनीका ओपनर हरमीत सिंहले ३६ बलमा २ चौका र ८ छक्कासहित सर्वाधिक ७० रन बनाए । हरमीतको यो लगातार दोस्रो अर्धशतक हो । हरमीतले जनकपुर रोयल्सविरुद्ध ७३ रन बनाएका थिए । अर्का ओपनर लाहिरु मिलान्था २९ बलमा २ चौका र १ छक्कासहित २६ रनमा आउट भए । गुलशन झा ११ बलमा १ चौका र २ छक्कासहित २१ रनमा बोल्ड आउट भए ।

कुशल भुर्तेल १० बलमा १ चौका र १ छक्कासहित १५ र दीपेन्द्रसिंह ऐरी शून्यमा आउट भए । ह्यारी टेक्टर ८ बलमा २ छक्कासहित १७ रनमा आउट भए ।
अनिलकुमार शाह ५ बलमा २ चौका र १ छक्कासहित १६ र विपुल शर्मा ५ रनमा अविजित रहे । काठमाडौंका तीव्र गतिका बलर अभिनाश बोहराले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । बसिर अहमदले २ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । अनिल खरेलले एक विकेट लिए।
अंक तालिका
लुम्बिनी ९ खेलमा ८ मा जित र १ हारसहित १६ अंकका साथ शीर्षस्थानमा छ । अन्तिम खेल लुम्बिनीले शुक्रबार जनकपुरसँग खेल्नेछ । उक्त खेलमा हारेपनि शीर्ष स्थानमै रहनेछ । जनकपुर रोयल्स ८ खेलमा ५ मा जित र ३ मा हारसहित १० अंकका साथ दोस्रो स्थानमा छ ।
काठमाडौं ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । पोखरा ८ खेलमा ३ मा जित र ५ मा हारसहित ६ अंकका साथ चौथो स्थानमा छ । विराटनगर सुपर किंग्स ७ खेलमा २ मा जित र ५ मा हारसहित ४ अंकका साथ पाँचौं स्थानमा छ । फार वेस्ट युनाइटेड ६ खेलमा १ मा जित र ५ मा हारसहित पुछारमा छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]