default_image

3 years ago

January 9, 2023

विराटनगरले टस जित्यो, काठमाडौंमा सबै नेपाली खेलाडी

344 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगमा काठमाडौं नाइट्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा विराटनगरका रोहित पौडेलले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।


काठमाडौंका सबै विदेशी खेलाडी फर्किएपछि बेन्चमा बस्ने कोहि पनि छैनन् । सबै नेपाली खेलाडीका साथ मैदान उत्रिएको छ । विराटनगरले बेन्चमा नारायण जोशी, सन्जिव कुमारस्वामी, रिजन ढकाल र अमरसिंह राउटेलालाई बेन्चमा राखेको छ ।

टोलीमा रहेका सबै विदेशी खेलाडी आफ्नो देश फर्किएपछि काठमाडौंको बेन्चमा बस्ने खेलाडी समेत नहुने भएका छन् । काठमाडौंले सबै ११ नेपाली खेलाडीका साथ खेल्नु पर्ने देखिएको छ । काठमाडौंले विदेशी खेलाडीको रुपमा अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, मलेसिया विरनदीप सिंह, इंग्ल्यान्डका एलेक्स ब्लेक र जिम्बावेका रायन बर्ललाई टोलीमा लिएको थियो । ओमरजाई र बर्ल यसअघिनै घर फर्किएका छन् । विरनदीप र एलेक्स ब्लेक पनि शनिबार स्वदेश फर्किएका छन् ।

विदेशी खेलाडी उपलब्ध नहुँदा विराटनगरविरुद्ध एलिमिनेटर खेलको लागि काठमाडौंको टोलीमा नेपाली ११ खेलाडी मात्रै रहेका छन् । टोलीको बेन्चमा राख्ने खेलाडी पनि हुने छैनन् । कुनै खेलाडी घाइते भएका त्यसको स्थानमा फिल्डिङ गर्ने खेलाडी समेत हुने छैनन् ।

एलेक्स ब्लेकले लिगका सबै १० खेल खेले । ओमरजाईले ६, विरनदीपले ९ र बर्लले ५ खेल खेले । काठमाडौं १० खेलमा ४ मा जित र ६ मा हारसहित ८ अंकका साथ अन्तिम चारमा रहेर एलिमिनेटर खेलेको हो । विराटनगर १० खेलमा ५ मा जित र ५ मा हारसहित १० अंकका साथ तेस्रो स्थानमा रहेर एलिमिनेटर खेलेको हो ।

एलिमिनेटरको विजेताले मंगलबार फाइनलमा पुग्न जनकपुरसँग खेल्नेछ । पहिलो क्वालिफायरमा जनकपुर लुम्बिनी अल स्टार्ससँग ६ रनले पराजित भएको थियो । फाइनल बुधबार हुनेछ ।

काठमाडौंको प्लेइङ ११

ज्ञानेन्द्र मल्ल, लोकेश बम, बसिर अहमद, कमलसिंह ऐरी, अभिनाश बोहरा, अनिल खरेल, सौरभ खनाल, सन्दीप रजाली, सन्तोष कार्की, सुनाम गौतम र गौतम केसी ।

विराटनगरको प्लेइङ ११ : रोहित पौडेल(कप्तान), अर्जुन साउद, नन्दन यादव, साहब आलम, सूर्य तामाङ, पृथु बास्कोटा, विवेक यादव, मोहम्मद हुसेन तालत, गौरान्शु शर्मा, राज रक्की नान्नन र केओन आन्द्रे जोशेफ ।

यसबारे पूरा जानकारी : विदेशी खेलाडी फर्केपछि नेपालीकै भरमा काठमाडौं नाइट्स

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.