default_image

2 years ago

January 28, 2023

इंग्ल्यान्डमाथि दक्षिण अफ्रिकाको सानदार पूनरागमन जित

198 views

0 Bookmark

एजेन्सी – घरेलु टोली दक्षिण अफ्रिकाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डमाथि उत्कृष्ट पूनरागमन गर्दै २७ रनको जित हात पारेको छ । विश्वकप सुपर लिगमा महत्वपूर्ण १० अंक थपेको छ । जितको लागि २ सय ९९ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४४.२ ओभरमा २ सय ७१ रनमा अल आउट भयो ।

इंग्ल्यान्डका ओपनर जेसन रोयले ९१ बलमा ११ चौका र ४ छक्कासहित १ सय १३ रनको शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । रोयको यो ११ औं ओडिआई शतक हो ।

अर्का ओपनर डेविड मलान ५५ बलमा ९ चौकासहित ५९ रनमा आउट भए । पहिलो विकेटका लागि मलान र रोयले १९.३ ओभरमा १ सय ४६ रनको सानदार शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । मलान सिसान्डा मगलाको बलमा कप्तान टेम्बा बभुमाबाट क्याच आउट भए ।

त्यसपछि इंल्यान्डले लगातार विकेट गुमाएपछि पराजित हुन पुग्यो । बेन डकेट ३, ह्यारी ब्रुक डक, जस बटलर ३६, मोईन अली ११, साम करन १७, डेविड विल्ली ८, आदिल राशिद १४, जोफ्रा आर्चर डक र ओली स्टोन एक रनमा आउट भए ।

दक्षिण अफ्रिका एचरिच नोर्कियाले १० ओभरमा ६२ रन खर्चेर ४ विकेट लिए । सिसान्डा मगलाले ९ ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए । कागिसो रबाडाले १० ओभरमा ४६ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९८ रन बनाएको थियो । दक्षिण अफ्रिका जितमा रास्सी भान डुसेनले १ सय १७ बलमा ६ चौका र १ छक्कासहित १ सय ११ रनको शतकीय इनिङ खेलेका थिए ।

डेविड मिलरले ५६ बलमा ४ चौका र १ छक्कासहित ५३ रनमा आउट भए । पाँचौं विकेटका लागि डुसेन र मिलरले १ सय बलमा १ सय १० रनको शतकीय साझेदारी गरेका थिए ।

दक्षिण अफ्रिकालाई ओपनर टेम्बा बभुमा र क्विन्टन डि ककले ८.४ ओभरमा ६१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । डि कक ४१ बलमा ५ चौका र १ छक्कासहित ३७ तथा बभुमा २८ बलमा ४ चौका र १ छक्कासहित ३६ रनमा आउट भए ।

एडेन माक्ररम १३ र हेनरिक क्लासेन ३२ बलमा २ छक्कासहित ३० रनमा जोडे । इंग्ल्यान्डका तीव्र गतिका बलर साम करनले ९ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । जोफ्रा आर्चर, मोईन अली, आदिल राशिद र ओली स्टोनले एक एक विकेट लिए । दोस्रो आइतबार हुनेछ ।

September 10, 2024

यु १९ महिला टि ट्वान्टी विश्वकप छनोट युएईमा हुने

काठमाडौं( हाम्रो खेलकुद) – अर्को बर्ष हुने आइसिसी यु १९ महिला टि ट्वान्टी विश्वकपको एसिया छनोट युएईमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार विश्वकप एसिया छनोटको खेल तालिका जारी गरेको हो । प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ । खेलतालिका अनुसार नेपालको पहिलो खेल कात्तिक २१ गते थाईल्यान्डसॅंग र दोस्रो खेलमा […]

September 10, 2024

क्रिकेट टोलीमा फरक‌ भूमिकासहित टमाटाको पुनरागमन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेटका सफल प्रशिक्षक जगत टमाटा राष्ट्रिय क्रिकेट टोलीमा फरक‌ भूमिकामा फर्किएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले टमाटालाई कन्सल्टेन्ट प्रशिक्षकको जिम्मेवारी दिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ कार्यक्रममा मंगलवार क्यानका सचिव पारस खड्काले टमाटालाई विश्वकप लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा हुने दुई सिरिजको लागि जिम्मेवारी दिएको बताए। क्रिकेट टोली […]

September 10, 2024

क्रिकेट टोली आज क्यानडा जाँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ(क्यान) ले क्यानडा र अमेरिकामा हुने त्रिकोणात्मक ओडिआई सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मंगलवार बिदाइ गरेको छ । टोली आज साँझ क्यानडा तर्फ जानेछ। विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् । त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० […]

Success

Thank you for your time.