default_image

1 year ago

February 22, 2023

टियु मैदानका कर्माचारीलाई ज्ञानेन्द्रले दिए धन्यवाद

91 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलुकद) – नेपाली क्रिकेट टोलीका अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबिया र स्कटल्यान्डमाथि सानदार जितपछि टियु क्रिकेट मैदानका कर्माचारीलाई धन्यवाद दिएका छन् । ज्ञानेन्द्र सामाजिक सञ्जालमार्फत बुधबार टियुका कर्माचारीहरुलाई धन्यवाद दिएका छन्।

‘मैले खेल्न सुरु गरेकै दिनबाट यो तस्विरमा हुनुभएका मध्य धेरै अनुहारलाई कीर्तिपुर मैदानवरीपरी देख्दै आएको छु । प्रमुख क्यरेटर मधु दाई, मण्डल दाई वहाँको परिवार लगायत वहाँहरु धेरै जनाको नेपाली क्रिकेट पर्दापछाडिको खेलाडी हुनुन्छ । वहाँहरुको योगदान हामी ग्राउन्डमा क्रिकेट खेल्नहरु जतिकै महत्पूर्ण छ’, ज्ञानेन्द्रले सन्देश दिँदै लेखेका छन् ।

‘आज हामी नेपाली क्रिकेट टिमले पाएको सफतामा खुशी मनाई रहँदा वहाँहरुको लगायत टियु क्रिकेट मैदान सघाउने सबैजना प्रसंशाको हकदार हुनुन्छ । तपाईहरु सबैजनाको मिहिनेत, लगनशीलताको लागि धेरै धेरै धन्यावाद छ । हामी सबैसँगसँगै बुढो हुँदै गइयो नि है’, उनले भने ।

नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेट र स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो । नामिबियालाई तीन विकेट र स्कटल्यान्डलाई दुई विकेटले हराएको थियो । नेपालले पहिलो पटक विश्वकप लिग–२ सिरिजमा सबै चार खेल जितेको थियो ।

दोस्रो खेलमा नामिबियालाई हराउन ज्ञानेन्द्रले ७४ बलमा ५ चौका र ३ छक्कासहित ६५ रनको योगदान दिएका थिए । दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको कीर्तिमानी शतकीय साझेदारी गरेका थिए ।

हरेक खेलपछि मुख्य प्रशिक्षक मोन्टी देशाईले पनि टियु क्रिकेट मैदानका कर्माचारीलाई धन्यवाद दिएका थिए । खेलपछि पत्रकारसँगको कुराकानीमा मोन्टीले मैदानका कर्माचारीलाई विशेष धन्यवाद दिएका थिए । टियुको मैदानमा पछिल्लो समय रन बनाउन सहज बन्दै आएको छ । टियु पिच फेरिनुमा कर्माचारीको दिनरात मिहिनेत रहेको छ । त्यसैले धेरै नेपाली खेलाडीहरु प्रदर्शनपछि त्यसको पहिलो श्रेय पिचलाई नै दिन्छन् ।

तेस्रो खेलमा नेपालको जितपछि ज्ञानेन्द्र मल्लले पिचको कारण रन बनाउन सहज भएको बताएका थिए । ‘हामीले पहिला त विकेट (पिच) लाई मान्नुपर्छ । विकेट पहिला भन्दा धेरै राम्रो खेलेको छ । पहिला देखि सुरुवात गरि अहिलेसम्म आउँदा खेलाडीहरुमा जिम्मेवारी बढेको छ । फेरि नयाँ वातावरण बनेको छ । पहिलोमा राम्रो गर्दा दोस्रोमा गर्न सहज भयो । दोस्रोमा राम्रो गर्दा तेस्रो खेलमा राम्रो भयो । जो पनि जान सक्छ र खेल जिताउन सक्छ भन्ने आत्माविश्वासको विकास भएको छ’, जितपछि ज्ञानेन्द्र मल्लले भनेका थिए ।

May 15, 2024

लखनऊ विरुद्ध दिल्लीको जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको लखनऊले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो । […]

May 14, 2024

दीपेन्द्रको विष्फोटक ब्याटिङमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीको विष्फोटक फिनिसको मद्दतमा विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ । पार्क हिल मैदानमा सोमबार भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो । घरेलु टोलीले दिएको १ सय ९७ रनको लक्ष्य नेपालले ३ […]

May 14, 2024

नेपाललाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा विशाल लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सत्य ९६ रन बनाएपछि नेपालले १ सय ९७ रनको लक्ष्य पाएको हो । नेपालको विश्वकप […]

Success

Thank you for your time.