default_image

1 year ago

February 23, 2023

लिग-२ को शीर्ष पाँचमा नपरेपनि ओडिआई जोगाउन सम्भव

232 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वर्तमान समयका नेपाली क्रिकेट टोलीको पहिलो लक्ष्य ओडिआई मान्यता निरन्तरता हो । आइसिसी विश्वकप लिग २ अन्तर्गत नेपालले अन्तिम दुई त्रिकोणात्मक ओडिआई सिरिज खेल्दैछ । नेपाल, युएई र पपुवा न्युगिनीबीच दुई सिरिज हुनेछ । एउटा नेपाल र अर्को युएईमा हुनेछन् । नेपाल शनिबार युएईतर्फ जाँदैछ ।

नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । नेपालले शीर्ष पाँचमा रहन सके सोझै ओडिआई मान्यता प्राप्त गर्नेछ । तर शीर्ष पाँचमा रहन नसक्दैमा ओडिआई मान्यताको सबै सम्भावना सकिने छैन । नेपाललाई अर्को अवसर पनि हुनेछ । त्यो हो क्वालिफायर प्ले अफ ।

आइसिसी विश्वकप लिग २ का शीर्ष तीन टोली सोझै आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्नेछन् । च्याम्पियन स्कटल्यान्डसँगै ओमानले सोझै विश्वकप छनोटमा स्थान बनाएका छन् । अब नेपाल, युएई र नामिबिया मध्य एक टोली सोझै विश्वकप छनोटमा स्थान बनाउने छन् ।

बाँकी चार टोलीले क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । शीर्ष पाँच टोलीले सोझै ओडिआई मान्यता प्राप्त गर्नेछन् । आइसिसीका अनुसार अब लिग २ मा ८ टोली हुनेछन् । नेदरल्यान्ड्सले पनि लिग २ नै खेल्ने भएको छ । नेदरल्यान्ड्सले यस पटक भने १२ टेस्ट टोलीसँगै सुपर लिग खेल्दै आएको थियो ।

लिग २ का शीर्ष पाँच र नेदरल्यान्ड्सले सोझै ओडिआई मान्यता प्राप्त गर्नेछन् । लिग २ का छैटौं र सातौं स्थानमा रहने टोलीको ओडिआई मान्यता भने गुम्नेछ । ती दुई टोलीलाई ओडिआई मान्यता पुनः प्राप्त गर्ने क्वालिफयर प्लेअफ अन्तिम मौका हुनेछ ।

नामिबियामा हुने क्वालिफायर प्लेमा लिग २ का पुछारका चार टोलीसँगै च्यालेन्ज ए र बी का विजेता क्यानडा र जर्सी हुनेछन् । क्वालिफायरमा यी ६ टोली प्रतिस्पर्धा गर्दा दुई टोलीले ओडिआई मान्यता प्राप्त गर्नेछन् । लिग २ मा चौथो र पाँचौं स्थानमा रहने टोलीले पहिल्यै ओडिआई मान्यता पाएका हुन्छन् ।

बाँकी चार टोली मध्य दुईले ओडिआई मान्यता प्राप्त गर्नेछन् । क्वालिफायर प्लेअफमा शीर्ष चारमा पर्न सके ओडिआई मान्यता प्राप्त गर्नेछन् । यदि नेपालले लिग-२ को शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता प्राप्त गर्न नसके क्वालिफायर प्ले अफमा अन्तिम मौका हुनेछ ।

क्वालिफायर प्ले अफमा शीर्ष चारमा पर्न नसके आगमी चार वर्षको लागि नेपालको ओडिआई मान्यता भने गुम्नेछ । तर नेपालको लक्ष्य सोझै ओडिआई मान्यता हुनेछ । नामिबिया र स्कटल्यान्डसँगको त्रिकोणात्मक ओडिआई सिरिजमा चारै खेल जितेको नेपालको मनोबल भने उच्च छ ।

नेपालले लगातार चार खेल जितेपछि शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता प्राप्त बाँकी ८ मध्य ५ खेल जित्नुपर्ने हुन्छ । शीर्ष तीनमा पर्न नेपालले बाँकी सबै खेल जित्नुपर्ने हुन्छ । आइसिसीका अनुसार नेपालको शीर्ष तीन सम्भावना ११.५ प्रतिशत छ । शीर्ष तीनमा नामिबियाको ५४.२ र युएईको ३४.३ प्रतिशत सम्भावना रहेको आइसिसीले जनाएकोछ ।

लिग २ मा अव कति खेल बाँकी ?

लिग २ मा अव १४ खेल बाँकी छन् । नेपालले ८, युएईले १०, नामिबियाले दुई र पपुवा न्युगिनीले ८ खेल खेल्न बाँकी छ । च्याम्पियन स्कटल्यान्ड, ओमान र अमेरिकाले पुरै ३६ खेल खेलेका छन् ।

नामिबियाले युएईसँग बिहीबार र शनिबार प्रतिस्पर्धा गर्नेछ । त्यसपछि नामिबियाको पनि ३६ खेल सकिनेछन् । नामिबियाको ३४ खेलमा १८ मा जित र १५ मा हारसहित ३७ अंक छ । नामिबिया दुवै खेल जित्दै ४१ अंकमा अन्त्य गर्न चाहन्छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ ।

नेपालले अब २७ फेब्रुअरीमा पपुवा न्युगिनी, मार्च २ मा युएई, मार्च ३ मा पपुवा न्युगिनी र मार्च ६ मा युएईसँग खेल्नेछ । त्यसपछि नेपालले मार्च ९ मा टियु क्रिकेट मैदानमा पपुवा न्युगिनीसँग खेल्नेछ । मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग प्रतिस्पर्धा गर्नेछ । जुन लिग २ को अन्तिम खेल समेत हुनेछ ।

May 15, 2024

लखनऊ विरुद्ध दिल्लीको जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको लखनऊले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो । […]

May 14, 2024

दीपेन्द्रको विष्फोटक ब्याटिङमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीको विष्फोटक फिनिसको मद्दतमा विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ । पार्क हिल मैदानमा सोमबार भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो । घरेलु टोलीले दिएको १ सय ९७ रनको लक्ष्य नेपालले ३ […]

May 14, 2024

नेपाललाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा विशाल लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सत्य ९६ रन बनाएपछि नेपालले १ सय ९७ रनको लक्ष्य पाएको हो । नेपालको विश्वकप […]

Success

Thank you for your time.