default_image

1 year ago

February 23, 2023

नेपाली क्रिकेट टोलीलाई भेट्दै प्रधानमन्त्री प्रचण्ड

159 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) –प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले नेपाली क्रिकेट टोलीका खेलाडीलाई भेट्ने भएका छन् । प्रचण्डले आज(बिहीबार) दिउँसो साढे एक बजे नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री कार्यलय बालुवाटार बोलाएर भेट गर्न लागेका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकले प्रधानमन्त्रीले बालुवाटार भेट्न बोलाएको पुष्टि गरेका छन् ।नेपालले घरेलु मैदान टियुमा पहिलो पटक आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा चारै खेलमा जित हात पारेको थियो । नेपालले एकै सिरिजमा पहिलो पटक लगातार चार जित हात पारेको थियो ।

नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेट, दोस्रो खेलमा स्कटल्यान्डलाई तीन विकेट, नामिबियालाई तीन विकेट र स्कटल्यान्डलाई दुई विकेटले हराएको थियो ।

लगातार तीन जितपछि प्रचण्डले खेलाडीलाई पुरस्कार दिने आश्वासन समेत दिएका थिए । ‘लगातार तेस्रो जित निकाल्न सफल भएकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै उत्कृष्ट खेलाडीहरुलाई सरकारको तर्फबाट प्रोत्साहित र पुरस्कृति गरिने विश्वास दिलाउँछु’, प्रचण्डले तीन जितपछि सामाजिक सञ्जालमा भनेका थिए ।

नेपालले लगातार चार खेल जितेपछि शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता प्राप्त बाँकी ८ मध्य ५ खेल जित्नुपर्ने हुन्छ । शीर्ष तीनमा पर्न नेपालले बाँकी सबै खेल जित्नुपर्ने हुन्छ । नेपाली क्रिकेट टोली अव शनिबार युएई जानेछ ।

नेपालले अब २७ फेब्रुअरीमा पपुवा न्युगिनी, मार्च २ मा युएई, मार्च ३ मा पपुवा न्युगिनी र मार्च ६ मा युएईसँग खेल्नेछ । त्यसपछि नेपालले मार्च ९ मा टियु क्रिकेट मैदानमा पपुवा न्युगिनीसँग खेल्नेछ । मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग प्रतिस्पर्धा गर्नेछ । जुन लिग-२ को अन्तिम खेल समेत हुनेछ ।

May 15, 2024

लखनऊ विरुद्ध दिल्लीको जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको लखनऊले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो । […]

May 14, 2024

दीपेन्द्रको विष्फोटक ब्याटिङमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीको विष्फोटक फिनिसको मद्दतमा विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ । पार्क हिल मैदानमा सोमबार भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो । घरेलु टोलीले दिएको १ सय ९७ रनको लक्ष्य नेपालले ३ […]

May 14, 2024

नेपाललाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा विशाल लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सत्य ९६ रन बनाएपछि नेपालले १ सय ९७ रनको लक्ष्य पाएको हो । नेपालको विश्वकप […]

Success

Thank you for your time.