default_image

1 year ago

February 23, 2023

नामिबिया ९१ रनमा अल आउट

161 views

0 Bookmark

एजेन्सी – नामिबिया आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु टोली युएईसँग मात्रै ९१ रनमा अल आउट भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया ३१.१ ओभरमा ९१ रनमा अल आउट भयो ।

लज्जास्पद ब्याटिङ गर्नेक्रममा नामिबियाका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नामिबियाको ओडिआईमा यो तेस्रो कम योगफल हो । यसअघि नामिबिया सबैभन्दा कम योगफलमा २००३ मा अष्ट्रेलियाविरुद्ध ४५ रनमा अल आउट भएको थियो । त्यसैवर्ष पाकिस्तानसँग ८४ रनमा अल आउट भएको थियो ।

त्यसपछि यो सबैभन्दा कम योगफल हो । नामिबियाका रुबेन ट्रम्पलम्यानले ४१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३० रनमा आउट भए । विकेटकिपर जेन ग्रीन २८ बलमा १ चौकासहित २४ र माइकल भान लिंगेनले १५ रन बनाए । अन्य कुनैपनि नामिबियाका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

युएईका तीव्र गतिका बलर जहुर खानले ८ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । स्पिनर आयन खान ९ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ३ विकेट लिए । अर्का स्पिनर कार्तिक मयाप्पनले ३.१ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । नामिबिया ३४ खेलमा १८ मा जित र १५ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ ।

युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ । शीर्ष तीनमा रहँन दुबै टोलीलाई सबै खेल जित्नुपर्ने दबाब छ । युएईले यस खेलसँगै १० र नामिबियाले दुई खेल खेल्न बाँकी छ ।

May 15, 2024

लखनऊ विरुद्ध दिल्लीको जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको लखनऊले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो । […]

May 14, 2024

दीपेन्द्रको विष्फोटक ब्याटिङमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीको विष्फोटक फिनिसको मद्दतमा विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ । पार्क हिल मैदानमा सोमबार भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो । घरेलु टोलीले दिएको १ सय ९७ रनको लक्ष्य नेपालले ३ […]

May 14, 2024

नेपाललाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा विशाल लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सत्य ९६ रन बनाएपछि नेपालले १ सय ९७ रनको लक्ष्य पाएको हो । नेपालको विश्वकप […]

Success

Thank you for your time.