3 years ago
February 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत कुवेतविरुद्ध राम्रो ब्याटिङ प्रदर्शनलाई निरन्तरता दिएको छ। मलेक क्रिकेट ग्रउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले १८ ओभरमा २ विकेट गुमाउदै ८७ रन बनाएको छ ।

अर्जुन कुमाल ५५ बलमा ४ चौकासहित ३७ र देव खनाल २६ बलमा २ चौकासहित १९ रनमा अविजित छन् । ओपनर दीपक बोहरा २७ बलमा २ चौकासहित १३ रनमा आउट भए । ओपनर अर्जुन कुमाल र दीपक बोहराले ८.४ ओभरमा ४० रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए ।
दीपकलाई अर्श साहिलले बोल्ड आउट गरेका थिए । सिंगापुरविरुद्ध ७८ रन जोड्दै प्लेयर अफ द म्याच चुनिएका आकाश त्रिपाठी भने २ रनमा रन आउट हुन पुगे ।
नेपालले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । तीव्र गतिका बलर आकाश चन्द र दीपेश कँडेललाई आज नेपालले मौका दिएको छ । आकाश तीव्र गतिसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्दछन् । दीपेश बायाँ हाते स्पिन अलराउन्डर हुन् । नेपालले पहिलो खेलबाट दुर्गेश गुप्ता र मिलन बोहरालाई बेन्चमा राखेको छ ।
पहिलो खेलमा नेपालले सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो । नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । यता कुवेत पहिलो खेलमा हङकङसँग एक विकेटले पराजित भएको थियो ।
कुवेत पहिलो जितको सोचमा हुनेछ । प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]