3 years ago
March 5, 2023
एजेन्सी – स्पिनर राशिद खानको उत्कृष्ट प्रदर्शनमा लाहोर कलन्दर्सले पाकिस्तान सुपर लिग (पिएसएल) मा मुल्तान सुल्तान्सलाई २१ रनले पराजित गरेको छ । जितको लागि १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको मुल्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन बनायो ।

मुल्तानको लागि काइरन पोलार्डले २८ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ३९ रन बनाए । ओपनर शन मसुद १९, मोहम्मद रिजवान ३०, राइली रोसोउ १२ र डेविड मिलर १ रनमा आउट भए ।
लाहोरका राशिद खानले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । त्यसअघि गद्धाफ स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको लाहोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८० रन बनायो ।
लाहोरका साम बिलिंग्सले ३५ बलमा ६ चौका र २ छक्कासहित ५४ रन बनाए । अब्दुल्लाह शफिकले ३५ बलमा ६ चौका र १ छक्कासहित ४८ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
मुल्तानका अनवर अली, अब्बास अफ्रिदी, काइरन पोलार्ड र इहसानउल्लाहले दुई दुई विकेट लिए । लाहोर ७ खेलमा ६ मा जित र १ मा हारसहित १२ अंकका साथ शीर्ष स्थानमा छ । मुल्तान ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]