default_image

2 years ago

March 16, 2023

पहिलो पटक एकै खेलमा चार नेपाली ब्याटरको अर्धशतक

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याटरले पहिलो पटक एकै खेलमा चार अर्धशतकको कीर्तिमान बनाएका छन् । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु मैदान टियुमा युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनले हराउन नेपाली चार ब्याटरले अर्धशतक प्रहार गरे ।

जितको लागि ३ सय ११ रनको विशाल लक्ष्य पछ्याउनेक्रममा ४४ ओभरमा ६ विकेट गुमाउँदै नेपालले २ सय ६९ रन बनाउँदा खेल ब्याड लाइट र कट अफ टाइमको कारण सकिएको थियो । नेपालका ओपनर कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख र गुलशन झाले अर्धशतक प्रहार गरेका थिए । नेपाली क्रिकेटमा पहिलो पटक एकै खेलमा चार ब्याटरले अर्धशतक प्रहार गरेका हुन् ।

गुलशन झा ४८ बलमा ४ चौका र २ छक्कासहित ५० रनमा अविजित रहे । आरिफ शेख ६२ बलमा २ चौकासहित ५२ रनमा आउट भए । भीम सार्की ७६ बलमा ९ चौकासहित ६७ रनमा आउट भए । कुशल भुर्तेल ३५ बलमा ३ चौका र ४ छक्कासहित ५० रन बनाए ।

यसअघि नेपालबाट एकै खेलमा तीन ब्याटरले अर्धशतक प्रहार गर्दै आएका थिए । अघिल्लो महिना आइसिसी विश्वकप लिग–२ मा नामिबियाले प्रस्तुत गरेको २ सय ७५ रनको विजयी लक्ष्य पूरा गर्नेक्रममा नेपालका तीन ब्याटर आसिफ शेख ८१, ज्ञानेन्द्र मल्ल ६५ र कुशल मल्लले ६२ रन बनाएका थिए ।

गतवर्ष अमेरिकाविरुद्ध २ सय ७४ रन बनाउनेक्रममा नेपालका देव खनालले ५४, आसिफ शेख ६१ र रोहित कुमार पौडेलले ६२ रन जोडेका थिए । चार ब्याटरको अर्धशतकको सहयोगमा नेपालले आगमी जुन जुलाईमा सोझै जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाएको छ ।

नेपाल ३६ खेलमा १९ मा जित र १५ मा हारसहित ४० अंकका साथ तेस्रो स्थानमा रह्यो । नामिबिया ३६ खेलमा १९ जित र १६ मा हारसहित ३९ अंकका साथ चौथो स्थानमा रह्यो । आइसिसी विश्वकप लिग–२ बाट स्कटल्यान्ड च्याम्पियन, ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगेका हुन् ।

September 20, 2024

युएईको लिग टुमा पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – युएईले आईसीसी क्रिकेट विश्वकप लिग टु मा पहिलो जित हात पारेको छ। युएईले शुक्रवार नामिबियामाथि १ विकेटको जित हात पारेको छ । विन्डोहकमा ३ सय १४ रनको लक्ष्य युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो । युएईका बिष्णु सुकुमारनले सर्वाधिक ९७ रन जोडे । उनले ९० बलमा ८ चौका […]

September 20, 2024

भारत फराकिलो अग्रतातर्फ

एजेन्सी – भारत बंगलादेशविरुद्धको पहिलो टेस्टको दोस्रो इनिङमा फराकिलो अग्रतातर्फ अघि बढेको छ । दोस्रो दिन शुक्रवार को खेल सकिदा भारतले ३ सय ८ रनको अग्रता बनाएको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश टोली भारत भ्रमणमा छ । पाहुना टोलीले १ सय ४९ रन मात्र बनाएपछि पहिलो इनिङमा २ सय २७ रनले पछि […]

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

Success

Thank you for your time.