default_image

1 year ago

April 6, 2023

विलियम्सनले भारतमा हुने विश्वकप गुमाउने

188 views

0 Bookmark

एजेन्सी – वर्तमान समयका विश्व क्रिकेटका एक उत्कृष्ट कप्तान तथा ब्याटर केन विलियम्सनले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप गुमाउने भएका छन् ।

गत शुक्रबार इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पहिलो खेलमा चेन्नई सुपर किंग्सविरुद्ध नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा फिल्डिङ गर्नेक्रमा बायाँ खुट्टाको घुँडामा चोट लागेपछि उनले विश्वकप खेल्न नसक्ने भएका हुन् ।

यो न्युजिल्यान्डलाई विश्वकप अघि सबैभन्दा ठूलो झड्का लागेको छ । तीव्र गतिका बलर जोशुवा लिटिलको १३ औं ओभरको तेस्रो बलमा डिप स्क्वायर लेगमा ऋतुराज गायकवाडले हानेको सट छक्का बचाउन खोज्दा उनी घाइते भएका थिए ।

उक्त चोटपछि उनी न्युजिल्यान्ड फर्किएका थिए । बायाँ खुट्टाको घुँडाको क्रुसिएट लिगामेन्टमा चोट लागेपछि उनले शल्यक्रिया गर्ने भएका छन् । त्योसँगै उनले विश्वकप गुमाउनेछन् ।

केन विलियम्सनको कप्तानीमा न्युजिल्यान्डले आइसिसीको प्रतियोगितामा सानदार प्रदर्शन गर्दै आएको छ । २०१९ को एकदिवसीय विश्वकपमा न्युजिल्यान्डलाई फाइनलमा पुर्याउन विलियम्सनले सानदार प्रदर्शन गरेका थिए । फाइनल टाइ भएपछि सुपर ओभर पनि टाई हुँदा न्युजिल्यान्डले चौका र छक्का कम प्रहार गरेको कारण उपाधि जित्न सकेको थिएन ।

२०२१ को टि२० विश्वकपमा भारत र इंग्ल्यान्डलाई पछि पार्दै फाइनल सम्म यात्रा तय गरेको थियोे । विलियम्सनकै कप्तानीमा पहिलो पटक आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२१ को फाइनलमा भारतलाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो ।

२०२२ को टि२० विश्वकपमा सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो । विलियम्सन न्युजिल्यान्डका प्रमुख ब्याटर हुन् । उनी नहुँदा ब्याटिङ र कप्तानी दुबैमा न्युजिल्यान्डलाई ठूलो असर निश्चित छ ।

विलियम्सनले १ सय ६१ ओडिआई खेलमा १३ शतक र ४२ अर्धशतकसहित ६ हजार ५ सय ५४ रन बनाएका छन् । न्युजिल्यान्डका सर्वाधिक भरपर्दा ब्याटर विलियम्सन नहुँदा कप्तानी टम लाथमले गर्नेछन् । विलियम्सनको अनुपस्थीतिमा टम लाथमले कप्तानी गर्दै आएका छन् ।

‘मैले पछिल्ला केहि दिनहरुमा धेरै राम्रो समर्थन पाएको छु । त्यसको लागि गुजरात र न्युजिल्यान्ड क्रिकेटलाई धन्यावाद दिन चाहन्छु’, विलियम्सनले भने । त्यसैमा थपे, ‘स्वभाविक रुपमा चोट हुनु निराशजनक छ । अहिले मेरो ध्यान शल्यक्रिया र रियाबमा छ । यसले केहि समय लिनेछ । जतिसक्दो चाँडो मैदान फर्किन प्रयास गर्नेछु ।’

विलियम्सनकै कप्तानीमा आइसिसी विश्वकप सुपर लिगमा न्युजिल्यान्ड २४ खेलमा १६ मा जित र ५ मा हारसहित शीर्ष स्थानमा रहँदै च्याम्पियनका साथ भारतमा हुने विश्वकपमा स्थान बनाई सकेको छ । विश्वकपमा १० टोली हुनेछन् । एक अर्काले सबै टोलीसँग खेलेपछि शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् ।

September 20, 2024

युएईको लिग टुमा पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – युएईले आईसीसी क्रिकेट विश्वकप लिग टु मा पहिलो जित हात पारेको छ। युएईले शुक्रवार नामिबियामाथि १ विकेटको जित हात पारेको छ । विन्डोहकमा ३ सय १४ रनको लक्ष्य युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो । युएईका बिष्णु सुकुमारनले सर्वाधिक ९७ रन जोडे । उनले ९० बलमा ८ चौका […]

September 20, 2024

भारत फराकिलो अग्रतातर्फ

एजेन्सी – भारत बंगलादेशविरुद्धको पहिलो टेस्टको दोस्रो इनिङमा फराकिलो अग्रतातर्फ अघि बढेको छ । दोस्रो दिन शुक्रवार को खेल सकिदा भारतले ३ सय ८ रनको अग्रता बनाएको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश टोली भारत भ्रमणमा छ । पाहुना टोलीले १ सय ४९ रन मात्र बनाएपछि पहिलो इनिङमा २ सय २७ रनले पछि […]

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

Success

Thank you for your time.