default_image

3 years ago

April 6, 2023

लगातार दोस्रो जितको सोचमा बेंगलोर

221 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को नवौं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार ७: ४५ मा कोलकाताको घरेलु मैदान इर्डेन गार्डेनमा सुरुहुनेछ।

बेंगलोर लगातार दोस्रो जितको सोचमा छ । कोलकाता पहिलो जित निकाल्न चाहन्छ । बेंगलोरले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ८ विकेटले हराएको थियो । मुम्बईलाई हराउन विराट कोहलीले ८२ र कप्तान फाफ डु प्लेसिसले ७३ रन जोडेका थिए । पहिलो विकेटका लागि १ सय ४८ रनको सानदार शतकीय साझेदारी गरेका थिए ।

पहिलो खेलमै उच्च प्रदर्शन गरेको हुँदा बेंगलोरको मनोबल उच्च छ । विराट कोहली र फाफ डु प्लेसिस प्रमुख ब्याटर हुन् । दोस्रो खेलमा पनि यी दुई खेलाडीबाट उत्कृष्ट प्रदर्शन चाहन्छ । ग्लेन म्याक्सवेल र माइकल ब्रेसवेल मध्यक्रमका ब्याटर हुन् । यी दुई ब्याटरको प्रदर्शनले मध्यक्रम निर्भर हुनेछ । दीनेश कार्तिक फिनिसरको रुपमा खेल्नेछन् ।

तीव्र गतिका बलरमा रिस टोप्ली, मोहम्मद शिराज, आकाश दीप र हर्षल पटेल छन् । पहिलो खेलमा रिस टोप्ली घाइते भएका थिए । उनको स्थानमा आज एक ब्याटरलाई खेलाउन सक्छ । इर्डेन गार्डेनको पिच ब्याटिङ सहयोगी मानिन्छ । फिन एलेन आक्रामक ब्याटिङका लागि चिनिन्छन् । स्पिनरमा कर्ण शर्मा, ब्रेसवेल र म्याक्सवेल हुनेछन् ।

उता कोलकाता पहिलो खेलमा पन्जाब किंग्स डकवर्थ लेविस पद्धतिको आधारमा ७ रनले पराजित भएको थियो । कप्तान श्रेयस ऐर चोटका कारण बाहिरिएको हुँदा ब्याटिङमा समस्या परेकोछ । इंग्ल्यान्डका ओपनर जेसन रोयलाई टोलीमा लिएकोछ । उनीबाट सुरुवातमा ठूलो आशा राख्नेछ ।

कप्तान नितिश राणा, वेंकटेश ऐर र रहमानउल्लाह गुरबाजले जिम्मेवारीका साथ इनिङलाई अघि बढाउनु पर्छ । राम्रो सुरुवात पाउँदा भने आन्द्रे रसेलले विष्फोटक अन्त्य गर्न सक्छ । सुरुवातनै खराब भएमा रसेललाई पनि दबाब हुनेछ । शार्दुल ठाकुर, उमेश यादव र टिम साउथी प्रमुख बलर हुन् । बरुण चक्रवर्ती र सुनिल नारायण स्पिनरको रुपमा छन् ।

हेड टु हेड :

आइपिएलमा कोलकाता र बेंगलोरबीच ३० खेल भएकोछ । जसमा कोलकाता १६ खेलमा विजयी हुँदा १४ खेलमा पराजित भएको छ । पछिल्ला पाँच खेलमा बेंगलोर तीन खेलमा विजयी हुँदा दुई खेलमा पराजित भएको छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.